News Category 2082/11/06
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
दैनिक समाचारदाता
जनकपुर, ६ फागुन ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसले सिङ्गो देशलाई पाल्न तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेका छन् ।
बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिज्ञा गरेका हुन् ।
उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताएष्भस् ।
उनले भने, ’मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ । खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।’
उनले भने, ’अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ । उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने समेत बताए ।
‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने उनले दाबी समेत गरे । ‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ सभापति थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’
कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने बताउँदै सभापति थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए ।
सोही सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन् । गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको उनको भनाई थियो ।
उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि कांग्रेस नयाँ रास्वपा भएको र रास्वपा पुरानो नेपाली कांग्रेस भएको बताइन् । शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेशकी संस्थापक सभापति शर्माले मंगलबार मात्रै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ