News Category 2083/02/08

तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 

दैनिक समाचारदाता

तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी पूर्व तयारी सुरु गरेको छ । बाढीको उच्च जोखिममा रहेका उक्त पालिकामा मनसुन नजिकिदै गर्दा बाढी पूर्वतयारी गरेको हो । सो पालिका मुख्यतः खाँडो, जिता, महुली खोलामा आउने बाढीको उच्च जोखिममा रहँदै आएको छ । 
    गाउँपालिकाले शुक्रबार सरोकारबालाहरुको सहभागितामा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी सूचना संयन्त्र निर्माण तथा सोको परिचालनबारे पूर्व तयारी सुरु गरेको छ ।
    द कोकाकोला फाउण्डेसनको र मर्सिकोप्र्सको सहयोग तथा गाउँपालिकाको साझेदारीमा नेपालमा पुर्वानुमानमा आधारित पुर्व कार्यको सुदृढिकरण परियोजना अन्तर्गत आसमान नेपालले आयोजना गरेको सूचना संयन्त्र तथा पूर्वानुमान कार्यशाला गोष्ठीमा बाढीको समयमा प्राप्त हुने सूचनालाई समुदाय स्तरसम्म प्रभावकारी रुपमा कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिएको छ । 
    पालिकास्तरीय, वडास्तरीय तथा समुदायस्तरीय सूचना संयन्त्र निर्माण, वडा विपद् व्यवस्थापन समितिबाट पालिका विपद् व्यवस्थापन समितिसम्म सूचना प्रवाहलाई व्यवस्थित बनाउने विषयमा सहभागीबीच अन्तरक्रिया गरिएको आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोक कुमार यादवलेले जानकारी दिए । 
    उनले गाउँपालिकामा १३ वटा विपद् व्यवस्थापन समिति रहेको जानकारी दिादै ती समिति मार्फत बाढी तथा अन्य विपद्का समयमा सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।
    यस्तै गोष्ठिमा बाढी आउनु पूर्व सुचना आदान–प्रदान कसरी गर्ने बारे सहभागीहरुलाई प्रशिक्षण दिँदै गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाले बाढी पूर्व र बाढीका बेला गर्नुपर्ने काम तथा चुनौतीहरुबारे प्रशिक्षण दिए । 
    विपदका बेला उच्च जोखिममा पर्ने स्थानको पहिचान गरी गर्भवती महिला, अपाङ्ग, जेष्ठ नागरिकलाई उद्दार गर्ने विभिन्न तरीकाबारे छलफल गरिएको छ ।
    गाउँपालिकाका सबै कार्यपालिका सदस्य, १३ वटै विपद व्यवस्थापन समितिका प्रतिनिधि, शाखा प्रमुखहरु तथा गाउँपालिका भित्र रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको कार्यशाला गोष्ठीमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट