News Category 2075/01/22
पत्रकार महासंघको प्रदेश समिति निर्वाचन आज हुँदै
दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सातै प्रदेशमा एकै पटक निर्वाचन हुनगइरहेको छ ।
मुलुक संघीय प्रणालीमा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो ।
२१ सदस्यीय कार्य समितिका लागि हुन गइरहेको निर्वाचनमा सातै प्रदेशमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त गठबन्धन गरेर साझा उम्मेदवारी दिएको छ ।
यता प्रदेश २ मा भने यी गठबन्धन बाहेक संघीय प्रेस फोरम र संयुक्त समावेशी मधेशी पत्रकार गठबन्धनका तर्फबाट समेत उम्मेदवारी परेको छ । संयुक्त गठबन्धनबाट अध्यक्षमा दिपेन्द्र चौहान, फोरमबाट बिजय कुशवाहा र संयुक्त समावेशी मधेशीबाट बिरेन्द्र कुमार रमणको उम्मेदवारी परेको हो ।
त्यस्तै उपाध्यक्षमा संयुक्त गठबन्धनबाट के.सी. लामिछाने र संयुक्त मधेशीबाट गणेश प्रसाद साहको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा संयुक्त गठबन्धनबाट रिङ्कुकुमारी मिश्र, फोरमबाट अनामिका ठाकुर र संयुक्त मधेशीबाट दिपिका साह उम्मेदवार बनेकी छिन् ।
त्यस्तै महासचिवमा संयुक्त गठबन्धनबाट किरण कुमार कर्ण, फोरमबाट भोलाकुमार पासवान र संयुक्त मधेशीबाट रामानन्द गुप्ताको उम्मेदवारी परेको छ भने मणिलाल विश्वकर्माको नाम रहेपनि उनले किरण कुमार कर्णलाई समर्थन दिएका छन् ।
यसैगरि सचिवमा संयुक्त गठबन्धनबाट गुरुप्रसाद गौतम र संयुक्त मेधशीबाट विरेन्द्रकुमार यादव तथा समावेशी सचिवमा संयुक्त गठबन्धनका तर्फबाट रामनारायण विश्वास र संयुक्त मेधशीबाट सञ्जीवकुमार झाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा संयुक्त गठबन्धनका तर्फबट प्रविण साह र संयुक्त मधेशीबाट हेमशंकर सिंहको उम्मेदवारी परेको छ ।
यसैगरि सदस्य सदस्यमा संयुक्त गठबन्धनका अजित कुमार सिंह, धिरेन्द्र राय, भोजराज भट्टराई, राजन कुमार सिंह, शैलेन्द्र झा तथा संयुक्त मधेशीबाट अनिल पोखरेल, आलोक पाण्डेय, प्रमोदकुमार साह, मुसहरुयम महतोको उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति सदस्यमा संयुक्त गठबन्धनबाट जगत राई, जितलाल श्रेष्ठ र संयुक्त मधेशीबाट रविन्द्र कुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै मधेशी सदस्यमा संयुक्त गठबन्धनबाट अजय कुमार साह, बैद्यनाथ चौधरी र संयुक्त मधेशीबाट दिपककुमार कर्णको उम्मेदवारी परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ