News Category 2075/01/23
पत्रकार महासंघ प्रदेश २ मा संयुक्त गठबन्धन निर्वाचित
राजविराज÷नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश नं. २ मा प्रेस युनियन, प्रेस चँौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनको प्यानल निर्वाचित भएको छ ।
मुलुक संघीय संरचनामा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गरेको हो ।
२१ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा गठबन्धनका अध्यक्षमा दिपेन्द्र चौहानले ३ सय ४२ mमत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी संयुक्त मधेशी गठबन्धनका बिरेन्द्र रमण रहेका छन् ।
त्यसैगरि उपाध्यक्षमा केसी लामिछाने ४ सय ६४, महिला उपाध्यक्षमा रिंकु कुमारी मिश्र४ सय ११, महासचिवमा किरण कुमार कर्ण ४ सय १९, खुल्ला सचिवमा गुरु प्रसाद गौतम ४ सय २९, समावेशी सचिवमा रामनारायण विश्वास ४ सय ३०, कोषाध्यक्षमा प्रविण साह ४ सय १ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरु खुल्लामा भोजराज भट्टराई ४ सय ४, धिरेन्द्र राय ३ सय ५०, अजित कुमार सिंह ४ सय २९, शैलेन्द्र झा ४ सय ४१ र राजनकुमार सिंह ३ सय ५७ मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै आदिवासी जनजाती सदस्यमा जितलाल श्रेष्ठ ४ सय ४७ र जगत राई ४ सय ७४ तथा मधेशी सदस्यमा बैद्यनाथ चौधरी ४ सय ३० र अजय कुमार साह ४ सय ६७ मत प्राप्त गरि निर्वाचित भएको जनाइएको छ । यसअघि ती महिला सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
सप्तरीबाट प्रेस फोरमका अध्यक्ष पदका उम्मेदवार बिजय कुशवाहले २९ मत, संयुक्त मधेशी गठबन्धनका बिरेन्द्र रमणले २७ र संयुक्त गठबन्धनका दिपेन्द्र चौहानले २७ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा संयुक्त गठबन्धनका के.सी. लामिछानेले ४५ र संयुक्त मधेशीबाट गणेश प्रसाद साहले २९ मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा संयुक्त गठबन्धनका रिङ्कुकुमारी मिश्रले ४२, फोरमका अनामिका ठाकुरले २० र संयुक्त मधेशीबाट दिपिका साहले १८ मत प्राप्त गरिन् । त्यस्तै महासचिवमा संयुक्त गठबन्धनका किरण कुमार कर्णले ३२, फोरमका भोलाकुमार पासवानले ४२ र संयुक्त मधेशीका रामानन्द गुप्ताले ९ मत प्राप्त गरेका छन् ।
यसैगरि सचिवमा संयुक्त गठबन्धनका गुरुप्रसाद गौतमले ३९ र संयुक्त मेधशीका विरेन्द्रकुमार यादवले ३० तथा समावेशी सचिवमा संयुक्त गठबन्धनका रामनारायण विश्वासले ६७ र संयुक्त मेधशीका सञ्जीवकुमार झाले १५ मत प्राप्त गरेका । त्यस्तै कोषाध्यक्षमा संयुक्त गठबन्धनका प्रविण साहाले ३२ र संयुक्त मधेशीका हेमशंकर सिंहले ४९ मत प्राप्त गरेका छन् ।
यसैगरि सदस्य सदस्यमा संयुक्त गठबन्धनका अजित कुमार सिंहले ५०, धिरेन्द्र रायले ३६, भोजराज भट्टराईले ३४, राजन कुमार सिंहले ५०, शैलेन्द्र झाले ५२ तथा संयुक्त मधेशीबाट अनिल पोखरेलले ४४, आलोक पाण्डेयले १७, प्रमोदकुमार साहले ३१ र मुसहरुयम महतोले ३२ मत प्राप्त गरेका छन् ।
आदिवासी जनजाति सदस्यमा संयुक्त गठबन्धनका जगत राईले ५८, जितलाल श्रेष्ठले ४८ र संयुक्त मधेशीबाट रविन्द्र कुमार श्रेष्ठले ३० मत तथा मधेशी सदस्यमा संयुक्त गठबन्धनका अजय कुमार साहले ५६, बैद्यनाथ चौधरीले ४७ र संयुक्त मधेशीका दिपककुमार कर्णले ३३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बैजनाथ झाले जानकारी दिएका छन् ।
यसअघि पत्रकार महासंघ सप्तरी शाखामा ९८ सदस्य रहेकोमा ८५ सदस्यले मतदान गरेका थिए भने जसमा दुई मतपत्र माध्यमबाट मतदान गरिएकोमा दुबैमा एक एक वटा मतपत्र बदर भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ