News Category 2075/01/24
ईद र बकरईदको विदा कटौतीको बिरोधमा उत्रिए मुश्लिम समुदाय
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
मुश्लिम धर्मावलम्बीहरुको महान चाड पर्व ईद र वकरईदको विदा कटौती गरिएको बिरोधमा आइतबार मुश्लिम समुदायले राजविराजमा प्रदर्शन गर्नुका साथै सो निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जमिअत उलमाए नेपाल सप्तरी शाखाका अध्यक्ष मौलाना मो. अयुब मिफताही तथा मुश्लिम समाजका केन्द्रिय सदस्य इर्साद अंसारीको अगुवाईमा स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै सरकारको विदा कटौती गर्ने निर्णय बिरुद्ध नाराबजी गरेका छन् ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेको मुश्लिम समुदायका अगुवाईहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाए ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्फत प्रधानमन्त्रीलाई बmुझाइएको ध्यानाकर्षण पत्रमा मुश्लिम समुदायको महान चाड पर्व ईद र बकरईदको विदा कटौती गर्ने सरकारको निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
नेपाल मुश्लिम संघका केन्द्रिय सदस्य इर्साद अंसारील ईद र बकरईदलाई राष्ट्रिय विदाबाट हटाई सरकारले सामुदायिक विदामा खुमच्याएर मुश्लिम समुदायको उपेक्षा गरेकाले बाध्य भई बिरोधमा उत्रनु परेकोे बताए ।
यस्तै जमियत उलमाए नेपाल सप्तरीका अध्यक्ष मौलाना मो. अयुब मिफताहीले कटौती गरिएका उक्त दुबै विदालाई पुनः राष्ट्रिय विदाको रुपमा घोषणा गर्नुपर्ने आफूहरुको मूल माँग रहेको भन्दै सो माँग पुरा नगरिए मुलुकभर आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ