News Category 2075/01/24
ईद र बकरईदको विदा कटौतीको बिरोधमा उत्रिए मुश्लिम समुदाय
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
मुश्लिम धर्मावलम्बीहरुको महान चाड पर्व ईद र वकरईदको विदा कटौती गरिएको बिरोधमा आइतबार मुश्लिम समुदायले राजविराजमा प्रदर्शन गर्नुका साथै सो निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जमिअत उलमाए नेपाल सप्तरी शाखाका अध्यक्ष मौलाना मो. अयुब मिफताही तथा मुश्लिम समाजका केन्द्रिय सदस्य इर्साद अंसारीको अगुवाईमा स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै सरकारको विदा कटौती गर्ने निर्णय बिरुद्ध नाराबजी गरेका छन् ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेको मुश्लिम समुदायका अगुवाईहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाए ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्फत प्रधानमन्त्रीलाई बmुझाइएको ध्यानाकर्षण पत्रमा मुश्लिम समुदायको महान चाड पर्व ईद र बकरईदको विदा कटौती गर्ने सरकारको निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
नेपाल मुश्लिम संघका केन्द्रिय सदस्य इर्साद अंसारील ईद र बकरईदलाई राष्ट्रिय विदाबाट हटाई सरकारले सामुदायिक विदामा खुमच्याएर मुश्लिम समुदायको उपेक्षा गरेकाले बाध्य भई बिरोधमा उत्रनु परेकोे बताए ।
यस्तै जमियत उलमाए नेपाल सप्तरीका अध्यक्ष मौलाना मो. अयुब मिफताहीले कटौती गरिएका उक्त दुबै विदालाई पुनः राष्ट्रिय विदाको रुपमा घोषणा गर्नुपर्ने आफूहरुको मूल माँग रहेको भन्दै सो माँग पुरा नगरिए मुलुकभर आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ