News Category 2075/01/25
किर्ते नागरिकता प्रकरण सवइन्जिनियर देव धरौटीमा रिहा, भारतीय नागरिक अग्रवाल कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
किर्ते नागरिकता प्रकरणमा विगत एक सातादेखी थुनामा रहेका राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव सोमबार अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् ।
सोही प्रकरणमा पक्राउ परेका भारतीय नागरिक सतिश अग्रवाल भने अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
दुबै पक्षका कानुन व्यवसायीको तीन दिने लामो बहस सकिएपछि मुद्दाको सुनुवाई गरिरहेका सप्तरी जिल्ला अदालतका न्यायाधिश श्रीप्रसाद संजेलको एक इजलाशले किर्ते नागरिकता प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका सवइन्जिनियर देवलाई ७७ हजार रुँपैया धरौटी लिई थुना मुक्त गर्ने आदेश जारि गरेको हो ।
यस्तै भारतको हरियाणा राज्य हिसार जिल्ला निवासी अग्रवालको हकमा भने न्यायाधिश संजेलले पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
यसअघि भारतीय नागरिक अग्रवाललाई सप्तरीबाट किर्ते नागरिकता प्राप्त गरेको उजुरीको आधारमा छानबीन पश्चात् र देवलाई सो किर्ते नागरिकतामा सिफारिस गरेको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी उपरिक्षक मुकेश सिंहका अनुसार अग्रवालले बिस २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लिएको नागरिकता हराएको भन्दै २०६४ सालमा नागरिकताको प्रतिलिपि लिएको र २०७३ सालमा पुनः नागरिकताको प्रतिलिपि लिएका थिए । उनका अनुसार अग्रवालले बिस २०७३ सालमा प्रतिलिपिका लागि गरेको आवेदनमा तत्कालिन वडा सचिवको जिम्मेवारी पाएका राजविराज नगरपालिकालिका सवइन्जिनियर देवले सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा अग्रवालले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । तर, उजुरी परेपछि खोजतलास गर्दै जाँदा अग्रवालले २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गरेको कुनै अभिलेख फेला नपरेपछि छानबिन गर्दै जाँदा दुबैलाई पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ