News Category 2075/01/25
दुर्घटनामा गम्भिर घाइते भएका झालाई झाडीमा फ्याक्ने दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
मोटरसाइकलले ठक्कर दिएपछि गम्भिर घाइते भएका व्यक्तिलाई अस्पताल नपु¥याई उल्टै झाडीमा फ्यालेर फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ घर भई हाल राजविराज ८ मा बसोबास गर्दै आएका नवकान्त झालाई गम्भीर घाईते अवस्थामा जिउँदै झारीमा प्mयालेर फरार व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक सप्तरीको बेल्ही चपेना गाउँपालिकाका २८ बर्षिय महानन्द यादव र पछिल्लो सिटमा सवार डाक्नेश्वरी नगरपालिकाका १९ बर्षिय जय प्रकाश यादव रहेका छन् ।
शिक्षण पेशामा संलग्न ५५ बर्षिय झा गत शुक्रबार राती ८ बजे तिर साईकल चढेर बजारबाट घर तर्फ जाँदै गर्दा पछाडीबाट तिब्र गतिमा आउँदै गरेको ज १ प ४२२४ नं. को मोटरसाईकलले राजविराजस्थित क्याम्पस रोडमा ठक्कर दिई गम्भीर घाईते बनाएको प्रहरीले जानकारी दिएको छ ।
रातिको समय र एकान्त स्थल भएकाले ठक्कर दिने मोटरसाईकलका चालक महानन्द र पछिल्लो सिटमा सवार उनका साथी जय प्रकाशले घटना लुकाउन गम्भीर घाईते र रक्तयामय अवस्थामा रहेका झालाई मोटरसाईकलमा राखेर डेढ किलोमिटर टाढा छिन्नमस्ता सडक खण्डको एकान्त स्थलमा रहेको झारीमा प्mयाकेका थिए । उक्त सडक खण्डबाट घर तर्फ जाँदै गरेकी एक महिलाले झारीबाट आवाज सुनेपछि अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए र प्रहरीले गम्भीर अवस्थामा रहेका झाको उद्घार गरी उपचारका लागी विराटनगर पु¥याएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।
सो घटना र घाइतेको उद्दार पश्चात् प्रहरीले सुरु गरेको अनुसन्धानका क्रममा घटनास्थलबाट शौचालयमा प्रयोग गरिने नयाँ प्यान फुटेको र सो को बिल फेला पारेपछि सोही विलको आधारमा प्रहरी अपराधी पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक सिंहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ