News Category 2075/01/26
मोदीसँग कोशी पीडितलाई मुआब्जादेखी विकासीय कार्यका लागि सप्तरीवासीले ध्यानाकर्ष गराउने
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाई सप्तरीवासीको तर्फबाट पनि स्वागत तथा अभिनन्दन गरिने भएको छ ।
जिल्ला समनवय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रमको आयोजना गरि प्रदेश सरकारको समन्वयमा भारतीय प्रधानमन्त्री मोदीको सप्तरीवासीको तर्फबाट स्वागत तथा अभिनन्दन गरिने जनाएको छ ।
सप्तरीको विभिन्न विकासीय मुद्दालाई समेटिएर तयार पारिएको सो ध्यानाकर्षण पत्रमा भारतीय सहयोगमा जिल्लामा निर्माण भएका विभिन्न अधुरो योजना र कार्यहरु छिटो सम्पन्न गराउन, भारतको निर्मलीदेखी सीमावर्ती न्यौर सम्म जेपी लोहिया रेलवे हेड निर्माण, जिर्ण बन्दै गएको कोशी ब्यारेजको मर्मत सम्भार, खाँडो नदी नियन्त्रण, दशगज्जा क्षेत्रको विवाद समाधान, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ठूला ठूला उद्योग स्थापना र व्यवस्थापन, जेपी लोहिया गजेन्द्रनारायण प्राविधिक विश्व विद्यालय निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
यस्तै कोशी पीडितलाई समयसापेक्ष राहत र मुआब्जाका लागि आवश्यक सहयोग तथा पहल गर्न भारतीय प्रधानमन्त्री मोदीसँग आग्रह गरिने भएको छ । कोशी ब्यारेज निर्माणका क्रममा नेपालीहरुको जग्गा लिजमा लिएको दशकौं भइसक्दा समेत हालसम्म सो वापत मुआब्जा उनीहरु पाउन सकेका छैनन् । मुआब्जाकै लागि कोशी पीडितहरुले बारम्बार आन्दोलन समेत गरेका छन् । तर, हालसम्म उनीहरुले भारतीय पक्षसँग आश्वासन मात्र पाउँदै आएका छन् ।
यस्तै ध्यानाकर्षण पत्र मार्फत शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न र कृषि योग्य जमिन सिंचाईक लागि कोशी–चतरा हाई ड्याम्प निर्माणमा सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीसँग सहयोगका लागि अनुरोध गरिने समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।
हुलाकी मार्ग निर्माण, कोशी व्यारेज पुनःनिर्माण र मर्मत सम्भार, कुनौली राजविराज रुपनी गाईघाट (सगरमाथा मार्ग) निर्माण, कृषियोग्य जमिन सिचाईका लागि कोशी चतरा हाईड्याम्प (नहर) निर्माणका लागि प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्रीसँग आग्रह गरिने पनि उनले बताए ।
समितिका संयोजक एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख समेत रहेका प्रभाकर यादवको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक मुकेश सिंह, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नागरिक संजालका अध्यक्ष सुखराम यादव तथा संचारकर्मीहरुसँगको व्यापक छलफलपछि एउटा ध्यानाकर्षण पत्र समेत तयार गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ