News Category 2075/01/26
विवहा भोजमा केटी जिस्क्याएको भन्दै युवकको हत्या
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
विवहा भोजमा केटी जिस्क्याएको निहँुमा घरेलु हतियार प्रयोग गरि एक युवकको हत्या गरिएको छ ।
सोमबार राती सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा विवाह भोज चलिरहँदा केटी जिस्क्याएको निहुँमा दुई समूहबीच भएको विवादले उग्र रुप लिएपछि घरेलु हतियार (हतौडा) को प्रहारबाट सोही स्थानका ३० वर्षिय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानियवासीका अनुसार राती ११ बजेतिर चौधरी र सोही ठाउँका आनन्द चौधरी लगायतको समूहसँग केटी जिस्क्याएको विषयमा विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा आनन्द चौधरीलगायतको समूहबाट अजयमाथी घरेलु हतियार प्रहार गरिएको थियो । ठाउँकोमा गम्भिर चोट लागेका चौधरीलाई आफन्तले उपचारका लागि अस्पताल तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानियले बताएका छन् ।
घटनामा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । विवाह भोजमा राती मदिरा सेवन र त्यसपछि केटी जिस्क्याएको निहुँमा उनीहरुबीच विवाद बढेर घरेलु हतियारसम्मको प्रयोग गर्ने अवस्था सृजना भएको अनुसन्धानबाट खुलेको तथा एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ