News Category 2075/01/26
विवहा भोजमा केटी जिस्क्याएको भन्दै युवकको हत्या
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
विवहा भोजमा केटी जिस्क्याएको निहँुमा घरेलु हतियार प्रयोग गरि एक युवकको हत्या गरिएको छ ।
सोमबार राती सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा विवाह भोज चलिरहँदा केटी जिस्क्याएको निहुँमा दुई समूहबीच भएको विवादले उग्र रुप लिएपछि घरेलु हतियार (हतौडा) को प्रहारबाट सोही स्थानका ३० वर्षिय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानियवासीका अनुसार राती ११ बजेतिर चौधरी र सोही ठाउँका आनन्द चौधरी लगायतको समूहसँग केटी जिस्क्याएको विषयमा विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा आनन्द चौधरीलगायतको समूहबाट अजयमाथी घरेलु हतियार प्रहार गरिएको थियो । ठाउँकोमा गम्भिर चोट लागेका चौधरीलाई आफन्तले उपचारका लागि अस्पताल तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानियले बताएका छन् ।
घटनामा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । विवाह भोजमा राती मदिरा सेवन र त्यसपछि केटी जिस्क्याएको निहुँमा उनीहरुबीच विवाद बढेर घरेलु हतियारसम्मको प्रयोग गर्ने अवस्था सृजना भएको अनुसन्धानबाट खुलेको तथा एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ