News Category 2075/01/27
हावाहुरीले करोडौंको क्षति चार सय कुखुरा चल्ला मरे
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
बुधबार बिहान आएको हावाहुरीले सप्तरीको विभिन्न स्थानमा करोडौं मुल्य बराबरको धनमाल क्षति भएको छ । पानीसँगै परेको असिनाले सप्तरीको विभिन्न ठाउँमा आँप, लिच्ची र तरकारी बालीमा क्षति पुगेको छ ।
हावाहुरीसँगै आएको असिनापानीका कारण सप्तरीमा मात्र एक करोड भन्दा बढी मूल्य बराबरको तरकारी, आँप र लिच्चीमा क्षति पुगेको जिल्ला कृषी कार्यालयका बरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिएका छन् । असिना र हुरीले आँपको टिकला झारेर ठूलो क्षति प्ुयाएको छ ।
त्यस्तै रुपनी गाउँपालिका १ की सावित्रीदेबी यादवको घरको टिनको छाना उडाउदा उनी घाइते भएकी छिन् । खुट्टामा चोट लागेर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तकोशी नगरपालिका ९ का सुर्यनारायण यादवको कुखुरासहितको फर्म उडाउँदा चार सय चल्ला मरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त फर्ममा करिब तीन लाख मुल्य बराबरको कुखुराका चल्ला रहेको थियो ।
यता हुरीले सप्तकोशी नगरपालिका ८ स्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलको छाना उडाएको छ । बाँसको टाँटीको बेरा र टिनको छानो भएको बिद्यालयको ११ वटा कक्षा कोठाको छाना उडाउँदा सात लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि हनुमाननगर कंकालनी नगरपालिका १ स्थित कोशी पलारमा लगाइएको केरा खेती नष्ट भएको छ । करोडौंको लगातमा स्थानिय किसानहरुले लगाएको केराको बोट हावाहुरीका कारण भाचिनुको साथै दाना लागेका केरा समेत नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।
सो क्षेत्रमा करिब पाँच सय बिगहामा लगाइएको केराको बोट अधिकांश हावाहुरीबाट भाँचिएर क्षति भएको स्थानिय कृषकहरु बताउँछन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ