News Category 2075/02/02
पतिको दिर्घायुको कामना गर्दै महिलाहरुले बर रुखको पुजा गरे
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
पतिको लामो आयु र दिर्घायुको कामना गर्दै मंगलबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाइएको छ । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ ।
ब्रतालु महिलाहरु श्रृंगार गरेका बरको रुखलाई घेरेर बृक्षमा विवाहको लगनगाँठोको प्रतिक मंगलधागो बेर्दै, बृक्षलाई सुम्सुम्याउँदै, अंगालो हाल्दै अनि हाते पंखा फिरफिर घुमाउँदै बटबृक्ष (बरको रुख) पुजा गरेका छन् ।
यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।
बिहानैदेखी पर्व मनाउन राजविराजको भगवति मन्दिर, बैष्णकाली मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका बरका रुखमूनी महिलाहरुको घुँइचो लागेको थियो ।
बटबृक्षलाई मैथिलि भाषमा बर अर्थात दुलहा पनि भनिन्छ । मिथिला संस्कृतीमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो । जेठ आँैसीका दिन वर्षेणी तराई मधेशका हिन्दु महिलाको सम्मान बट बृक्षले पाउने गरेको छ । यो बट सावित्री हो ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ