News Category 2075/02/04
बिद्युत प्राधिकरणले वडासँग समन्वय नगरि अभियान संचालन गरेकोमा आपत्ति, तीन महिना वितिसक्दा समेत नयाँ मिटर पाएनौं ः स्थानिय
नवीनकुमार गुप्ता
राजविराज, ३ जेठ ।
नेपाल विद्युत प्राधिकरण वितरण शाखा राजविराजले वडा कार्यालयसँग समन्वय नगरिकन विद्युत चोरी नियन्त्रण अभियान संचालन गरेको प्रति राजविराज नगरपालिका वडा नं. ९ मलेठका अध्यक्ष शम्भु प्रसाद यादवले आपत्ति जनाएका छन् ।
स्थानिय सरकार संचालन ऐन २०७४ मा विद्युत प्राधिकरणले वडासँग समन्वय गरि विद्युत चोरी नियन्त्रणमा सहयोग गर्ने प्रावधान समेत रहेकोले सो अनुसार नभएकोमा आपत्ति जनाएका हुन् । प्राधिकरणले जनप्रतिनिधिहरुसँग समन्वय नै नगरि वडाका जनताहरुको समस्या नबुझि विद्युत चोरीको आरोप लगाउँदै ५ हजारदेखी १५ हजारसम्मको जरिवान असुल गर्नुप्रति उनले खेद समेत प्रकट गरे ।
उनले भने, “जनप्रतिनिधि आउनु अघि स्थानिय नेताहरुसँग छलफलपछि विद्युत चोरी गर्नेहरुलाई १ देखी ५ हजारसम्म जरिवाना तय गरिएकोमा अहिले जनप्रतिनिधीहरु आइसकेकाले उक्त जरिवाना वापत १५ हजारसम्म लिने गरेको छ । यो जरिवानाको रकम कसले बढायो र कुन प्रक्रियाबाट बढाइएको हो भन्ने प्रश्न गरे ।”
विद्युत प्राधिकरणले संचालन गरेको विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत वडा नं. ९ मा निकै ज्यादती भएको उनले आरोप लगाउँदै भने, “आफू जनप्रतिनिधी भएर आएको झण्डै ८ महिनाको अवधीमा दुई सय घरधुरीका लागि नयाँ विद्युत मिटरको सिफारिस गरे, तर हालसम्म एक जनाले पनि मिटर पाएका छैनन् ।” उनले भने, “मिटरका लागि सिफारिस गर्दा समेत प्राधिकरण शाखाले मिटर उपलब्ध नगराउनु र उल्टै विद्युत चोरीको आरोपमा घर घरबाट पाहुँना समेतलाई पक्राउ गरि जरिवान लिनु कतिको उचित हो ।”
विद्युत प्राधिकरण वडासँग समन्वय गरेमा वडा कार्यालयले विद्युत चोरी नियन्त्रण कार्यमा सक्दो सहयोग गर्ने अध्यक्ष यादवले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जसरी खुल्ला दिसा मुक्त अभियानमा वडाको घर घरमा चर्पी निर्माणका लागि चर्पी नबनाउनेहरुको वडाबाट पाउने सम्पूर्ण सुविधा कटौती गर्नेसम्मको निर्णय ग¥यो त्यसरी नै विद्युत चोरी गर्नेहरुको सुविधा समेत कटौती गरेर पनि वडालाई विद्युत चोरी मुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको उनले बताए ।
यता साविकका वडा नं. ४ जोलहरी मलेठका स्थानिय दुखी साहले गत माघ २८ गते नयाँ मिटरका लागि निवेदनसँगै सर्विस चार्ज १ सय र मिटर वापत १ हजार ४ सय रकम समेत जम्मा गरे पनि हाल ३ महिना भन्दा बढी बितिसक्दा मिटर नपाएको गुनासो गरे । उनले भने, “नयाँ मिटरको निवेदन अघि विद्युत चोरी गरेको स्विकार गर्छु तर, नयाँ मिटरका लागि निवेदन दिँदा समेत मिटर दिन प्राधिकरणले आज आउनु भोली आउनु भन्दै आलटाल गरिरहेको छ ।” उनले भने, “बैशाख ३० गते मेरो घरमा आएका पाहुनालाई समेत प्रहरीले पक्राउ ग¥यो र विद्युत चोरी गरेको आरोपमा १५ हजार जरिवाना असुल ग¥यो, यसमा उसको के दोष ।”
यस्तै जोलहरीकै जयनारायण साहले नयाँ मिटर लिनका लागि निवेदनसँगै धरौटीको रकम समेत जम्मा गर्दा तीन महिना वितिसक्दा हालसम्म मिटर नपाएको गुनासो गरे । उनले भने, “मिटर नदिँदा बत्ति बाल्नै प¥यो अनि चोरी गर्नु बाहेकको विकल्प नरहेकोले विद्युत चोरी गरि बालेको हुँ ।”
सप्तरीमा अत्याधिक विद्युत चोरी भइरहेको भन्दै विद्युत प्राधिकरणले चलाएको विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत विद्युत चोरी गर्नेहरुसँग लाखौं जरिवाना वापतको रकम राजश्व संकलन गरिरहेको छ । तर, नयाँ मिटर दिने प्रावधानलाई प्रभावकारी ढंगले संचालन गर्न नसक्दा अभियानका कारण जनताहरुले दुःख समेत भोग्नु परिरहेको छ । यस सम्बन्धमा विद्युत प्राधिकरण राजविराजका प्रमुख चन्द्रनारायण साहसँग सम्पर्क गर्न खोज्दा फोन उठेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ