News Category 2075/02/08
भतिजा हत्याको आरोपमा काका पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् ।
वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् ।
पक्राउ परेका आनन्द चौधरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
सो पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले घटना गरे लगत्तै फरार आनन्दलाई प्रहरीले खोजतलासका क्रममा सिरहाको लहानस्थित एक होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिएका छन् ।
अनुसन्धानको क्रममा विवाहस्थल नजिकै मोटरसाइकल पार्किङ गर्ने विषयमा काका भतिजाबीच विवाद हुँदा आनन्दले नै आवेशमा आएर हतौडा प्रहार गरि भतिजा अजयको हत्या गरेको खुलेको प्रहरी उपरिक्षक सिंहले भने, “उनले प्रारम्भिक बयानमै आफैले हत्या गरेको स्विकार गरेका छन् ।”
सो घटनाको सुक्ष्म अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक हरि विष्णु ढकालले घटनास्थलमा पटक पटकको अनुसन्धान र अनुगमनपछि अभियुक्तको पहिचान सम्भव भएको बताए ।
उनले भने, “गत बैशाख २५ गते अजयको बहिनीको बैवाहिक कार्यक्रममा सरिक भएका आनन्द अत्याधिक मदिरा सेवन गरेका थिए । बैवाहिक स्थल अगाडी नै मोटरसाइकल पार्किङ गर्न खोज्दा भतिजा अजयसँग उनको विवाद चर्किएको थियो । त्यतिबेला विवाहमा सरिक भएका आफन्तजनले विवाद थामथुम पारे पनि एका बिहानै फर्केर आएका आनन्दले सुतिरहेका अवस्थामा भतिजा अजयको टाउँकोमा हतौडा प्रहार गरि हत्या गरेका थिए । त्यसपछि आनन्द लहानमा गई लुकेर बसेका थिए ।”
पक्राउ परेका चौधरीलाई अदालतबाट म्याद थप गराई कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया सुरु गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ