News Category 2075/02/11
असार १ गते भित्रै नियमित जहाज उड्छ ः उडड्यन मन्त्री अधिकारी, विमानस्थललाई “कार्गो हब” बनाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
लामो समयको प्रतिक्षा पश्चात् राजविराज विमानस्थलबाट असारको १ गते अघि नै नियमित उडान सुरु हुने भएको छ । श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट काठमाडौंदेखी राजविराज विमानस्थलको रनवे उद्घाटन गर्न बिहीबार आउनु भएका संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्रनाथ अधिकारीले सो कुरा बताउनु भएको हो ।
यसअघि राजविराज विमानस्थल संचालन गर्ने गरि अघिल्लो दिन श्री एयरलाइन्सको सोही जहाजले सफल उडान परिक्षण गरेको थियो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा विमानस्थलको कार्यकक्षमा आयोजित “स्तरोन्नत राजविराज विमानस्थलमा उडान संचालन” कार्यक्रमको उद्घाटन पश्चात् प्रमुख अतिथि मन्त्री अधिकारीले असार १ गते भित्रै नियमित उडान सुरु हुन सबैलाई ढुक्क रहन आश्वासन दिनुभयो । उहाँले पर्याप्त यात्रु होस नहोस् यहाँबाट निश्चित् नियमित उडान हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिँदै मन्त्री अधिकारीले अब ढिला नगरि असार १ गते भित्रै नियमित उडान सेवा संचालनको व्यवस्था मिलाउन भन्नुभयो । कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै प्रदेश सभा सदस्यद्वय मनिष सुमन र सत्यनारायण मण्डलले यस विमानस्थललाई यात्रुसँगै कार्गो एयरपोर्टमा पनि परिणत गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनु भएको थियो ।
मन्त्री अधिकारीले ६ महिनाभित्र विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गाे विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाउनुभयो ।
मन्त्री अधिकारीसँगै जहाज चढी आएका पूर्व पर्यटन तथा नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देवले आफुले थालेको प्रयास आज सफल भएकोमा प्रसंन्नता व्यक्त गर्दै मन्त्री अधिकारीसँग नियमित उडान सेवा र बाँकी रहेका आवश्यक पूर्वाधारका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
यसअघि श्री एयरलाइन्सको विमानबाट आइपुगेका मन्त्री अधिकारी, पूर्व मन्त्री देव, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने नागरिक उडययन प्राधिकरणका महानिर्देशक संजिव गौतम लगायतका टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको थियो । तर, धावन मार्ग पक्की नहु्ँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक २०६४ साल मंसिर २ गतेदेखी यस विमानस्थलबाट हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।
बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ