News Category 2075/02/11
कम्युनिष्टहरु आफू पनि र मुलुकलाई पनि तहसनहस गर्ने बाटोमा ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरु आफू पनि र मुलुकलाई पनि तहसनहस गर्ने आरोप लगाउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो आरोप लगाउनु भएको हो ।
अध्यक्ष यादवले विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरु ध्वस्त भइसकेको र उनीहरुको ध्वस्तसँगै ती देशहरु पनि बर्बाद भइसकेको उदाहरण समेत दिनुभयो । पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि ती शासनसँगै कम्युनिस्टहरु ध्वस्त भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले मुलुकमा बेरोजगारी समस्याका कारण अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्थाको कारक कांग्रेस र कम्युनिस्ट रहेको अरोप लगाउनुभयो । अध्यक्ष यादवले मुलुकमा रहेको जुट मिल, जनकपुर चुरोट कारखाना, भुकुटी कागज, बाँसबारी छाला जुत्तासहितका ४ सय भन्दा बढी उद्योग कांग्रेसले उदार अर्थ व्यवस्था नीति ल्याएर विगारेको र त्यसमा कम्युनिस्टहरुले पनि सहयोग गरेको भन्नुभयो ।
उहाँले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जनाउँदै प्रदेश नं. २ समृद्व नभएसम्म मुलुक समृद्व बन्न नसक्ने बताउनुभयो । उहाँले प्रदेश नं. २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भए मात्र पुरै नेपाल समृद्व हुने बताउनुभयो ।
सो कार्यक्रममा राजपाका केन्द्रिय सदस्य एवं छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवसहित छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाका सयौं व्यक्ति फोरम नेपालमा प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ