News Category 2075/02/12
निशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न जनता लाभान्वित
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकाको सहयोग तथा छिन्नमस्ता विकास सेवाको आयोजनामा शुक्रबार स्त्री तथा प्रसुती रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिविरको उद्घाटन गर्दै राजपाका महासचिव एवं प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ग्रामिण भेगका गरिब, विपन्न जनताहरुले स्वास्थ्य शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।
आर्थिक अभावका कारण रोगको उपचार गर्न नसकेका गरिब, विपन्न परिवारहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरबाट ४ सय ९० जनाले स्वास्थ्य सेवा लिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
शिविरमा बिराट मेडिकल कलेजबाट आएका डा. अमित देव, डा. सृष्टि थापा, डा. रोजिना सेडाही, डा. दिपेन्द्र खनाल लगायत चिकित्सकद्वारा ४ सय ९० जना रोगीको निशुल्क उपचार गरेको अध्यक्ष यादवले बताए ।
शिविरमा पाठेघर सम्बन्धी समस्याबाट ग्रस्त फेला परेका ६९ जना जटिल रोगीलाई बिराट मेडिकल कलेज लगि निशुल्क उपचारको व्यवस्था मिलाउने तयारी गरिएको कलेजका मार्केटिङ डायरेक्टर सुनिल देवले जानकारी दिए ।
शिविरमा उपचारसँगै भिडियो एक्सरे र जाँच सेवा तथा औषधीहरु समेत निशुल्क बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ