News Category 2075/02/14
नगरको वडामा बाटो फराकिलो कार्यले पायो तिब्रता
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
राजविराज नगरपालिका वडा नं. ५ मा विकासीय कार्यले तिब्रता पाएको छ । झण्डै डेढ दशक भन्दा बढी समयदेखी स्थानिय जनप्रतिनिधिबिहीन रहेको अवस्थामा विकासीय कार्यहरुले तिब्रता नपाएको अवस्थामा अब सो कार्यले तिब्रता पाएको हो ।
हाल राजविराज नगरपालिकाको विभिन्न वडाको टोलहरुमा उपभोक्ता समिति, कोटेशन तथा सहरी विकास डिभिजन कार्यालय मार्फत बाटो फराकिलो र नाला समेत निर्माणका लागि विकासीय कार्यलाई तिब्रता पाएको छ ।
अहिले वडा नं. ५ को सरस्वती टोल तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरी जाने बाटो फराकिलो र नाला निर्माण कार्य भइरहेको वडा अध्यक्ष समिर झाले जानकारी दिएका छन् ।
दुई सय बढी घरहरु रहेको उक्त क्षेत्रमा बाटो फराकिलो गर्ने क्रममा आइतबार ४३ घरहरुको कम्पाउण्ड वाल तथा घरको छझी भत्काइएको छ ।सो टोलको बाटो ६ मिटर र एकतर्फ नाला निर्माण कार्यलाई तिब्रता दिइएको अध्यक्ष झाले बताए । सहरी विकास डिभिजन कार्यालयमार्फत भइरहेको कामको वडा अध्यक्ष स्वमले निगरानी गरिरहेका छन् ।
सो टोलमा बाटोका साँघुरो भएकै कारण बारुणयन्त्र तथा घर निर्माण प्रयोजनका लागि मालसमानहरु लैजान यातायातका साधनहरु मुस्किलैले जाने गरेकोले त्यहाका स्थानियहरुले वर्षौदेखी दुःख समेत भोग्नु परेको थियो । बाटो फराकिलो भएपछि सो टोलमा ठूला ठूला यातायातका साधनहरुपनि सजिलै जानसक्ने स्थानियले बताए ।
हाल सो वडामा तीन वटा उपभोक्ता समिति, तीन वटा कोटेशन र तीन वटा सहरी विकास डिभिजन कार्यालय मार्फत बाटो निर्माण तथा फराकिलो गर्ने कार्य भइरहेको छ ।
राजविराज नगपालिकामा हाल १६ वटा वडाहरु रहेका छन् भने उक्त १६ वटै वडा मध्ये वडा नं. ५ ले हाल विकासीय कार्यलाई तिब्रता दिनुका साथै वडा समितिका प्रतिनिधिहरु समेतले आफ्नो निगरानी बढाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ