News Category 2075/02/15
छोरी वेपत्ता बनाएको आमाको आरोप
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
छोरी वेपत्ता बनाइएको दुई महिना बढी भइसक्दा पनि प्रहरीले कुनै सक्रियता नदेखाउँदा आरोपी व्यक्ति खुलेआम हिडिरहेको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडित राजविराज नगरपालिका ४ निवासी रंगीला चौधरीले सोमबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरीे सो आरोप लगाएकी हुन् ।
आफ्नी १२ वर्षिया छोरी मनिषाको सोही वडा निवासी निर्मला मुँखियाले गत २५ चैतमा विद्यालयबाट आउँदै गरेको अवस्थामा ललाई फकाई वेपत्ता बनाएको उनको आरोप छ ।
सो घटनाको भोली पल्टै प्रहरीमा किटानी जाहेरी दिँदा कुनै पहल नभएको र आरोपित महिला खुलेआम धुमिरहेको बताउँदै उनले भनिन्, “प्रहरीले अपहरणको मुद्दा दर्ता गर्न नमान्दा बाध्य भएर हुलाक मार्फत निवेदन पठाएका छु ।” उनले भनिन् ,“प्रहरीले प्रेम प्रसङ्गसँग जोडेर अपहरण मुद्दा दर्ता गर्न नमानेको तर, छोरी प्रेमका कारण वेपत्ता भएको होइन् । निर्मलाले उनको शरीरमा रहेको सुनको गरगहना लुट्ने मनसायले वेपत्ता बनाएको हो ।”
उनले सोही पत्रकार सम्मेलनमा छोरीको जन्मदर्ता प्रमाणपत्रलाई सार्वजनिक गर्दै मनिषाको जन्म १२ जेठ २०६२ मा भएको बताइन् । जसअनुसार उनको हालको उमेर १४ वर्ष देखिन्छ ।
यता आरोपित भनिएकी महिला निर्मलाले सो आरोप बिल्कुलै निराधार भएको बताएकी छिन् । छोरासँगको प्रेम सम्बन्धका कारण दुबै राजीखुशीले भागेका उनले भनिन ।
यस्तै प्रहरीले वेपत्ता भनिएको केटी प्रेम प्रसङ्गमा भागेको थाहा हुन आएको र खोजबिन जारि रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ