News Category 2075/02/16
सनराइज बैंकद्वारा ग्राहकलाई स्वास्थ्य वीमाको रकम प्रदान
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सनराइज बैंक लिमिटेड शाखा राजविराजले स्वास्थ्य वीमा योजना अन्तरगत आफ्नो एक ग्राहकलाई स्वास्थ्य विमा रकम प्रदान गरेको छ । बैंकले स्वास्थ्य वीमा संचालन गरेको अढाई महिनाको अवधीमा पहिलो पटक सो वीमा रकम प्रदान गरेको हो ।
बैंकको कार्यकक्षमा मंगलबार आयोजित एक कार्यक्रममा शाखा प्रबन्धक रोहित कुमार महासेठले एक महिनाअघि सवारी दुर्घटनामा परेका राजविराज १ निवासी रामअवतार यादवलाई स्वास्थ्य विमा योजना अन्तरगत उपचार गरे वापतको ४२ हजार १ सय ११ रुँपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
२०७५ चैत्र १ गतेदेखी बैंकले आफ्नो ग्राहकको सुरक्षाका लागि ल्याएको स्वास्थ्य विमा योजना अन्तरगत सो लाभ उठाउने यादव पहिलो ग्राहक बनेका हुन् ।
‘ग्राहकको खातामा भएको रकमको सालभरिको औषत बचतको २५ प्रतिशतसम्म वा बिल एमाउन्ट अनुसार स्वास्थ्य उपचार बीमा दिने नयाँ ब्यवस्था लागु भएको छ’, सनराईजको राजविराज शाखा प्रबन्धक महासेठले भने, ‘यो दुवै मध्ये जो बढी हुन्छ, त्यस अनुसार ग्राहकले स्वास्थ्य उपचार बीमा वापत पाउनेछ ।’ तर, बैंकले यस्तो सुविधा एक लाख नबढ्ने गरी सिमितता लागु गरेको छ ।
हरेक बचतकर्तालाई सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य विमा र दुर्घटना वीमा लगायतको योजना अघि सारेको उनको भनाई छ ।
यस्तै दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तबरले व्यक्ति असक्त भएमा ५ लाख रुँपैया नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए । हाल बैंकको राजविराज शाखामा १७ हजार भन्दा बढी बचत खाताधारी रहेको छ ।
साथै बैंकले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकले एटिएमबाट रकम निकाल्ने ग्राहकको चाप बढेपछि सुविधाका लागि थप एउटा एटिएम मेशिन समेत संचालनमा ल्याएको छ भने नगर क्षेत्रको होटल स्टार डिलक्स, होटल न्यू स्टार, हुमा जेनरल स्टोर र मिलन डेरी उद्योगमा पोस मेशिन सेवा समेत बिस्तार गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ