News Category 2075/02/18
खाँडो नदीको बाँध निर्माण कार्य सुरु
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
वर्षेणी बाढी र डुवानबाट ठुलो मानविय र धनमालको क्षति पु¥याउने सप्तरीको खाँडो नदी नियन्त्रणका लागि बाँध निर्माण कार्य सुरु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले १ करोड रुपैया लगानीमा खाँडो नदीको बाँध निर्माण कार्य सुरु गरेको हो ।
खाडो नदी नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखेर विभिन्न शिर्षकबाट केही केही रकम कटौती गरी १ करोड रुपैया बाँध निर्माण कार्यमा लगानी गरिएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । बाँध निर्माणका लागि दैनिक आधा दर्जन प्राविधिक र सयौ मजदुरद्वारा काम भईरहेको छ । उच्च जोखिममा रहेको तथा बाढीले भत्काउन सक्ने सम्भावित स्थानमा माटोसँगै तारजाली, बोरा र बोल्डरको पनि प्रयोग गरिदै गएको अध्यक्ष सिंहले बताए ।
उनले बाँध बाध्ने काम १५ दिन भित्रै सम्पन्न गरि सक्ने दाबी समेत गरे ।
यता पछिल्लो पटक बाँध निर्माणको कामले गति लिएपछि अहिले स्थानियबासी निकै खुसी देखिएका छन् । विगत ३० वर्ष देखि बर्षेनी खाडो नदीको उत्पातका कारण स्थानियबासी प्रताडित हुँदै आएकोमा बल्ल बाँध निर्माण कार्यले गतिलिएपछि धेरै खुसी भएको स्थानिय कारी मुखियाले बताए ।
पछिल्लो पटक गत अषाढ र साउन महिनामा खाडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र आसपासको क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांक अनुसार खाडो नदीको बाढीले तिलाठी कोईलाडी गाउँपालिकामा मात्रै १४ करोड ६४ लाख बराबरको सम्पती नष्ट भएको थियो ।
यस्तै बाढीले बगाएर सो गाउँपालिकामा १ बालकको मृत्यु र ३ सय ५१ परिवारलाई विस्थापित बनाएको थियो । खाडो नदीको बाढीकै कारण सदरमुकाम राजविराजमा पनि २ जनाको ज्यान जानुका साथै २८ करोड २७ लाख ५१ हजारको धनमाल क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।
विगतमा बजेटको अभाव र स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा खाडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकेको थिएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ