News Category 2075/02/23
कान्छो गाउँपालिकाले “उज्याला क्रान्ति” गर्दै
नवीनकुमार गुप्ता
राजविराज, २२ जेठ ।
सप्तरीको कान्छो गाउँपालिकाको नामले परिचित बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतले आफ्नो गाउँपालिकाको हरेक घरमा विजुली बत्ति र सडक पु¥याउने लक्ष्यका साथ विकासीय कार्यहरु भइरहेको बताएका छन् ।
साविकको पाँच गाउ विकास समिति मल्हनिया, मौवहा, बेल्ही, रामनगर र रौतहट मिलेर बनेको यस गाउँपालिकामा ६ वडा वडा रहेका छन् । मल्हनियालाई दुई वडामा विभाजित गरिएको छ ।
गाउँपालिकाको सम्पन्न सभाबाट बिजुली बिस्तार र सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी यी ६ वटै वडाको २३ टोल मध्ये १९ टोलमा विद्युतीकरणका लागि गाउँपालिकाले ४ करोड २१ लाख रकम बिनियोजन गरेको छ । सोही अनुसार अहिले “उज्याला क्रान्ति” नामाकरण गरी विद्युत बिस्तार कार्यलाई तिब्रता दिइरहेको छ ।
यता गाउँपालिकाको सम्पूर्ण वडा जोड्न २३ किलोमिटर र टोल टोलमा आवतजावत गर्ने १३ किलोमिटर गरि जम्मा ३६ किलोमिटर सडकलाई आगामी पाँच वर्ष भित्र आरसीसी ढलान गरि सक्ने लक्ष्य लिएर कार्य भइरहेको अध्यक्ष गोइतले बताएका छन् ।
उनले ४५ मिनेट भित्रै गाउँपालिकाको एक वडाबाट अर्को वडामा कुनै अवरुद्ध बिनानै आवतजावत गर्न सक्ने प्रकारको बाटो निर्माण गर्ने उद्देश्य रहेको बताए ।
प्रत्येक आर्थिक वर्षमा टोल टोलमा आवतजावत गर्ने ३ किलोमिटर सडकलाई आरसीसी ढलान गर्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष गोइतले हालसम्म सम्म दुई किलो मिटर सडक ढलान भइसकेको जानकारी दिएका छन् । उनले चालु आ.ब. भित्र १ किलोमिटर सडकलाई ढलान गरि सक्ने दाबी समेत गरे ।
यस्तै सम्पूर्ण वडा जोड्ने २३ किलोमिटर बाटो मध्ये १२ किलोमिटर बाटोमा माटो तथा ग्राभेल गर्नका लागि गाउँपालिकाले निशर्त अनुदान तर्फबाट रु. १ करोड रकम छुट्याएर कार्य सुरु गरिसकेको जानकारी दिए ।
त्यस्तै गाउँपालिकाले आफ्नो सम्पूर्ण वडामा बिद्युतीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखि अगाडी बढाएको छ । गाउँपालिकाको ६ वडामा २३ टोल मध्ये चार वटा टोलमा साविकदेखी बिद्युत सेवा सूचारु रहेको छ ।
वडा नं. १ स्थित बडकी टोल र बलान पट्टीमा मात्र साविकबाटै बिजुली रहेकोमा बाँकी रहेको बडकी टोल, मल्हनियाँ, कमलदाहा, बलान पट्टी, भिझाहा टोल, छोटकी टोलमा हाल विद्युतको पोल र तार बिच्याउने कार्य चलिरहेको अध्यक्ष गोइतले जानकारी दिएका छन् ।
वडा नं. २ स्थित चनही, पत्रहा टोल, दिधिया दुई टोलमा विद्युतीकरण नभएकोले ती टोलमा चालु आ.ब.को असारसम्ममा बिद्युत सेवा बिस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ । यसैगरि वडा नं. ३ मौवहामा रहेको तीन टोल मौवहा, दुधेला र टिकुलियामा विद्युत सेवाका लागि कार्य जारि रहेको छ ।
त्यस्तै वडा नं. ४ स्थित सात वटा टोलमा विद्युत सेवा नपुगेकोले त्यसमा पनि बत्तिको पोल, तार लगायने कार्य जारि रहेको अध्यक्ष गोइतको भनाई छ ।
वडा नं. ५ रामनगर तीन टोल, रामनगर, जानकीनगर, कोदरकट्टीमा विद्युतीकरण गर्ने कार्य जारि रहेको छ भने वडा नं. ६ को रौत्हट तीन टोल, रौतहट, तीनकोनी, सहेरा मध्ये दुई टोलमा विद्युत बिस्तारको काम भइरहेको छ ।
यसअघि जिल्लाको विकासबाट किनै टाढा रहेको यस गाउँपालिकाको अधिकांश वडाका जनता साविकबाटै सडक र बिजुली बत्तिबाट बञ्चित थिए । हुनत गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा यसै गाउँपािलका हन् । उनी उपराष्ट्रपति भएको बेला केही सडक बिस्तार गराउने कार्य गरेका थिए । तर, सो कार्य पनि अधुरै रहेको थियो । उनकै प्रयासमा केही स्थानमा बिजुली बत्ति बिस्तार गरिएको थियो । तर, केही दिनमै सोको नाममा बिजुलीको तार र पोलमा मात्र रहयो ।
यसैबीच मुलुकमा स्थानिय तहको निर्वाचन पश्चात् आएका जनप्रतिनिधिहरुको सक्रियतामा अहिले जिल्लाको विभिन्न स्थानिय तहमा विकासीय कार्यले केही भएपनि अग्रसरता पाएको छ । सोही अनुरुप अहिले बलान विहुल गाउँपालिकामा पहिलो प्राथमिकताको रुपमा बिजुली बत्ति र सडक निर्माण कार्यले अग्रसरता पाएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, सरसफाई तथा विपन्न वर्गको क्षेत्र लगायतका अन्य क्षेत्रहरुमा पनि अहिले गाउँपालिकाले विकासको गतिलाई अगाडी बढाउने प्रयास गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ