News Category 2075/02/23
सरकारी उदासिनताले कृषि क्षेत्र उपेक्षित ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
प्रदेश नं. २ का भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विगतका सरकारले मधेशका कृषि क्षेत्रलाई उपेक्षित गरेको आरोप लगाएका छन् ।
भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्रालय प्रदेश नं २ जनकपुर तथा राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाको संयुक्त आयोजनामा मंगलबार सञ्चालित एक दिने, पशु स्वास्थ्य तथा वाझोपना निवारण शिविरको उदघाटन गर्दै मन्त्री साहले सो आरोप लगाएका हुन् ।
अहिले मुलुक संघीयता गइसकेकोले प्रदेश नं. २ कृषि क्षेत्रमै बढी आधारित रहदा यसको उचित सम्बद्र्धन र विकास अत्यन्त आवश्य रहेको जिकिर गरे । उनले यसअघिको केन्द्रिय सरकारले कृषि क्षेत्रमा उचित ध्यान नदिएको कारण अहिले प्रदेश सरकार यसप्रति गम्भिर भएर आगामी बजेटमा प्राथमिकताका साथ कृषि क्षेत्रमा बजेट बिनियोजन गर्ने जानकारी दिए ।
प्रदेशलाई समृद्ध प्रदेश वनाउने सपना कृषिवाट मात्र सम्भव रहेकाले प्रदेश सरकारले कृषि, सिचाई र कृषि उत्पादन उद्योग सञ्चालनमा विशेष जोड दिएको उनले वताए ।
वडा नं. ९ का अध्यक्ष शम्भु यादवको अध्यक्षतामा आयोजित शिविर उदघाटन समारोहमा भुमी व्यवस्था,कृषि तथा शहकारी मन्त्रालय प्रदेश २ का सचिव विजय चन्द्र झा, राजविराज नगरपालिकाका मेयर शभ्भु यादव, पशुपक्षि विकाश शाखाका संयोजक परमेश्वर यादव लगायतले शिविरको महत्ववारे चर्चा गरेका थिए ।
शिविरमा पशु रोग विशेषज्ञ डा.विजय चन्द्र झा, डा.शिवन्नदन यादव, डा.भाजु राम महतो तथा प्राविधिकद्धय योगेन्द्र यादव र परमेश्वर यादवले उपचार सेवा र पशुपालक किसानलाई आवश्यक प्रशिक्षण प्रदान गरेका छन ।
शिविरमा वाझोपन, बन्ध्याकरण, गोवर परिक्षण, कृत्रिम गर्भाधान,पिपिआर खोप, खोरेत खोप, एचएस विक्यु खोप, आन्तरिक परजीवी नियन्त्रण लगायतका उपचार सेवा सँगै सम्पूर्ण औषधी निःशुल्क उपलब्ध गराएको संयोजक यादवले वताए । उक्त शिविर प्रदेश २ का सवै ८ वटै जिल्लामा असार महिना सम्म सञ्चालन हुने प्रदेश २ का भुमी व्यवस्था,कृषि तथा शहकारी मन्त्रालय का सचिव झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ