News Category 2075/02/23
तालिमले न्याय सम्पादनमा मद्दत पुग्ने छ ः तालिमका सहभागिहरु
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
स्थानिय सरकारको न्यायिक समिति र न्यया सम्पादन सम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालिम मंगलबार सम्पन्न भएको छ ।
सबैको लागि न्याय तथा तपेश्वरी समाज कल्याण संघको संयुक्त आयोजना सम्पन्न तालिममा सप्तरीका १८ वटै स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष तथा न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तालिमकै क्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक निरु पोखरेलले किताबीय ज्ञान बाहेकको अतिरिक्त ज्ञान हासिल भएकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै उनले भनिन्, “यस्तो क्षमता अभिबृद्धी तालिमका कारण न्यायको जिम्मेवारी समेत पाएका हामी उपप्रमुखहरुलाई अब उपरान्त स्थानिय तहमा न्यायको सवालमा सहजिकरण गर्न सजिलो भयो ।”
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादवले स्थानिय तहका न्यायिक समिति संयोजकलाई दिइएको तालिममा अन्य पदाधिकारीहरु समेत संलग्न भएको भए न्याय सम्पादनमा अझ सजिलो हुने विचार व्यक्त गरिन् । त्यस्तै हनुमाननगर कंकालिनि नगरपालिकाकी उपप्रमुख सरिता यादवले तालिम फलदाय भएको भन्दै उनले भनिन्, “तालिमबाट सिकेका र बुझेका विषयहरुलाई स्थानिय तहमा न्याय सम्पादन गर्न मद्दत पुग्नेछ ।”
सप्तरीका १८ वटै स्थानिय तहका उपप्रमुख तथा उपाध्यक्षहरु सहभागि उक्त तालिममा न्यायिक समितिलाई दिएको हक अधिकार, मुद्दाहरुको समाधान, गाउँपालिका वा नगरपालिकामा आएका कानुनी समस्याहरुको बारेमा तथा देवानी मुद्दा, फौजदारी मुद्दा, मेलमिलाप गर्ने माध्यम बारे जानकारी गराइएको आयोजक संस्थाका अधिवक्ता एवं प्रशिक्षक शर्मिला श्रेष्ठले बताइन् ।
यस्तै तालिममा उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकारको बारे, हरुवा चरुवा समुदायको वर्तमान अवस्था, समस्या र समाधानका लागि स्थानिय सरकारको भूमिका बारे प्रष्ट पारिएको अर्का प्रशिक्षक अधिवक्ता सुन्दर सेनले जानकारी दिए ।
स्थानिय तहमा न्यायिक समितिहरुले गर्ने काम कर्तव्य र अधिकार बारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको तपेश्वरी समाजका संयोजक प्रदीप कुमार जोशीले बताउँदै यस सम्बन्धमा अझ बिस्तृत रुपमा जानकारी दिने उद्देश्यले आउँदो दिनमा थप तालिमको आयोजना गरिने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ