News Category 2075/02/24
शहीदको सम्झनामा मलेठमा शहीद स्मारक र गेटको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित शहीद चौकमा बुधबार एक कार्यक्रमबीच शहीद स्मारक र गेटको शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का अध्यक्ष शम्भुप्रसाद यादव (लाली)को अध्यक्षत तथा नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमख अतिथि यादवले शहीद स्मारक र गेटको एकैसाथ शिलान्यास गरेका हुन् ।
आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख यादवले २०७३ साल फागुन २३ गते एमालेको कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका निहत्था मधेशीमाथी तत्कालिन केन्द्र सरकारको गृहमन्त्रीको आदेशमा प्रहरीले गोली चलाउँदा स्थानिय पाँच जना शहीद भएको स्थानमा शहीदको सम्झनामा स्मारक र गेट निर्माण हुन लागेको बताए । सो घटनामा तीन जना मलेठवासी नै शहीद भएका थिए ।
राजविराज नगरपालिकाको झण्डै ८१ लाखको लागतमा शहीद स्मारक र पार्कको निर्माण हुने कार्य बिहीबारदेखी नै सुरु हुने जानकारी दिँदै सो कार्य ६ महिना भित्रै सम्पन्न हुने उनले जानकारी समेत दिए ।
बि.सं.२०७३ फागुन २३ गते गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा हुँदै गरेको तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत मधेशी मोर्चा सप्तरीले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि पाँच जना स्थानियको मृृत्यु भएको थियो ।
सो क्रममा प्रहरीले चलाएको गोलीबाट जिल्लाको जमुनी मधेपुराका इन्द्रदेव यादव, मलेठका सन्जन मेहता, मलेठकै बिरेन्द्र मेहता, मलेठकै पिताम्बरलाल मण्डल र प्रसबनीका आनन्द साहको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ