News Category 2075/03/05
बिपद् पुर्व तैयारी बारे मौसम बिभागद्वारा अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
पुर्वानुमानमा आधारित बाढी पुर्व तयारी कार्य संचालन विधि मस्यौदा छलफल तथा कृतिम अभ्यास सम्बन्धी सरोकारवाला निकायसँग सोमबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जल तथा मौसम बिज्ञान बिभागको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहयोगमा र परामर्श सेवा प्राक्टिकल एक्सनको संयोजनमा बाढी पुर्व तथा बिपद् पश्चात् गरिने तयारी वारेमा बृहत् छलफल भएको हो ।
गृह मंत्रालय अन्तगर्त राष्ट्रिय आपत्कालिन कार्य संचालन केन्द्र तथा जल तथा मौसम बिज्ञान बिभागबाट जारी सुचना बमोजिम जलधार क्षेत्रमा जलको सतह, बर्षाको पानी, कोशी नदि, खोलामा आएको बाढी मापनको जानकारी दिएपछि बाढी पुर्व तथा बाढी पश्चात् आउने खतरा वारेमा सम्बन्धी निकायलाई सुचना दिने गरेको बिपद बिज्ञ डा. दिलिप गौतमले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बर्षाको थ्रेसहोल्ड वारेमा जानकारी गराउदै कार्य बिपद् पुर्व तथा पश्चात् संचालन विधि कार्यन्वयनको लागि जिल्ला बिपद ब्यवस्थापन समिति र जिल्ला समन्वय समितिले जिल्ला र स्थानिय अन्तर्गतका सम्बन्धी निकाय तथा सरोकारवालालाई बाढी खतरामा रहेका नगर तथा गाँउपालीका क्षेत्रहरूमा मानविय तथा भौतिक संसाधन पहिचान गरी तयारी अबस्था राख्नुपर्ने बताए ।
उनले भने बिपद भई राखेको वेला उच्च जोखिममा रहेका वालवालीका, बृद्व, गर्भवती महिलालाई बचाउने पहिलो दायित्व रहेकोले बाढी फसेकालाई उद्दार, अस्थायी बसोवास, खाद्य तथा सुरक्षा, पुर्नस्थापनको तैयारी गर्दै योजना बनाई अगाडि बढनुपर्ने बताए छन ।
सो अवसरमा जल तथा मौसम बिज्ञान बिभागका कोशी बेसिन कार्यलय बिराटनगरका हाईड्रोलोजिस्ट ईन्जिनियर राम बिकेश राय, बिपद् ब्यबस्थापन बिशेषज्ञ डा. दिलिप कुमार गौतम, सप्तरी सहायक प्रमुख जिल्ला अधिकारी नवराज खडका, ले बिपद पुर्व तयारी ब्यबस्थापन वारेमा सहजिकरण गरेको थिए ।
उक्त अवसरमा बिपद पुर्व तथा पश्चात् बिपद ब्यबस्थापन को लागि जल तथा मौसम बिज्ञान बिभागले दिने सुचना र गृह मन्त्रालय मातहतका राष्ट्रिय आपत्कालिन कार्य संचालन केन्द्रले दिने सुचनालाई संचार माध्यमले गर्ने प्रशारण तथा खतराको सम्भावनामा रहेका जिल्ला, क्षेत्र बिपद आएको वेला उद्दार, आवास, सुरक्षा तथा पुर्नस्थापनाको लागि गर्ने सम्बन्धमा कृतिम अभ्यास समेत गरिएको थियो ।
सो अवसरमा उदयपुर जिल्ला समन्वय समिति प्रमुख खडग बहादुर परियार, सप्तरी जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, राजबिराज नगर प्रमुख शम्भु यादब, तिलाठी कोईलाडी गाँउपालीका अध्यक्ष सतिश कुमार सिँह, रूपनी गाँउपालीका अध्यक्ष हरेराम यादब, कंचनरूप नपा मेयर वसन्त मिश्र, सप्तरी प्रहरी प्रमुख मुकेश कुमार सिँह, सिमा सुरक्षा प्रमुख खेम बहादुर थापा मगर, उदयपुर सशस्त्र प्रहरी वलका नायव उपरिक्षक पुरन चन्द्र भट्ट, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यासुन्दर यादब, सल्लाहकार श्रबणकुमार देब, जिल्ला जनस्वास्थ्यका निमित्त प्रमुख निरन्जन यादब, कोशी पीडित समाज देव नारायण यादब, रेडक्रस सप्तरी सभापति जोगेन्द्र भगत, बिनोद बस्नेत लगायत विभिन्न सरकारी निकायका प्रमुख तथा सरोकारवाला निकायहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ