News Category 2075/03/06
छिन्नमस्ता मन्दिरमा बजेट अनुसारको काम हुनसकेन्, विकासीय कामले अब तिब्रता पाउँछ ः पीठाधिश ठाकुर
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
विश्वको १०८ शक्तिपिठ मध्ये ५२ स्थानमा पर्ने सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता भगवती मन्दिरको मासिक आम्दानी लाखौं भए पनि विकास निमार्ण र पर्यटन प्रवद्र्धन लगायतका कार्यहरुले गति लिन सकेको छैन् ।
भाडामा लगाएका सटर, बलि प्रदान शुल्क, पार्किङ्ग शुल्क, मुण्डन, गाडी पुजा, गाडी पार्किङ्ग, विवाह, दान पेटीकाबाट मासिक करिब ५ लाख भन्दा बढी आम्दानी भइरहेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिएका छन । २०७५ बैशाख १३ गते देखि बैशाख ३१ गते सम्ममा मात्रै ५ लाख ७८ हजार, २ किलो ७ साय ५० ग्राम चाँदी र १ आना सुनको टिका सहित आम्दानी भएको उनले बताए ।
१४ विगहा १७ कठ्ठा ५ धुर मन्दिरको आप्mनो जग्गा भए पनि यसबाट हुने आम्दानीको कुनै एकिन विवरण नभेटिएको अबस्थामा ठाकुरले भने, “यसवाट जे जति आम्दानी हुन्छ ती सवै माताको स्यहार सुुसार र मन्दिरमा खटिएका आफु सहित १८ जना पुजारीहरुको खर्च यसैबाट पुर्ती हुन्छ ।” उनले थपे, “माताको पञ्चगव्य स्नान, भोग, आरती, पान प्रसादमा र ३२ व्यञ्जन सहित खानामा मात्रै मासिक रु ७० हजार बराबर खर्च हुने गर्छ ।” जबकी ०७३÷७४ को लेखा परिक्षण प्रतिबेदनमा ८ जना पुजारीको नाम मात्र उल्लेख भएको विवरण छ ।
त्यस्तै पर्यटन मन्त्रालायबाट २० लाख र ३० लाख गरी जम्मा ५० लाखको बजेट मन्दिरको नाममा आएको छ र १० लाख प्रदेश नम्बर २ सरकारबाट आउने क्रममा छ । ती बजेटले हाल पार्किङ्गको काम भइरहेको र अन्य विकासीय काम हुने पीठाधिश ठाकुरको दाबी छ ।
यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ४४ लाख ४० हजार ७३ रुपैया २६ पैसा पुँजीगतकोष रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । यस्तै २४ तोला २ आना सुन, ११ सय ६ तोला ७ आना चाँदी र माताको मुकुटमा १३ आना सुन लागेको ठाकुरको अध्यक्षतामा हस्ताक्षरित मिती २०७१ साउन २८ गते सम्मको निर्णय पुस्तिकामा उल्लेख छ ।
यता छिन्नमस्ता गाउँपालिकाको वडा नं. ६ स्थित कोचाबखारीमा रहेको ७ कठ्ठा जग्गा कसको नाममा, कहाँ र कसले भोगविलास गरिरहेको र अहिलेसम्म मन्दिरको नाममा किन नामसारी नभएको कुराको जबाफमा ठाकुरले दिन मानेन् ।
सोही विषयमा गुठिदार अविनास प्याकुरेलसँग बुझ्न खोज्दा उनले भने, “मन्दिर समिति र ठाकुर जीलाई नै जानकारी होला, म त त्यहाँ कहिले काहीँ मात्र जान्छु ती सबै कुराको जानकारी पनि थिएन जति तपाईले मलाई सोध्नु भयो । मेरो हजुरबुवाले दिइसकेको सम्पतिमा मलाई कुनै लोभ छैन तर, सो जग्गामा प्रहरी चौकी, विद्यालय, पञ्चायत भवन र अस्पताल वा अन्य कुनै सरकारी संघ संस्था खुल्नु भएन त्यो जग्गा केबल धार्मिक काम र माताको लागि उपयोग हुनु पर्यो ।”
वि.स. २०४७ सालमा गुठीदार प्याकुरेलको अध्यक्षतामा छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समिति गठन भए पनि २०५२ सालमा मात्र औपचारिक रुपमा दर्ता भएको थियो । सोही समाय देखिको मन्दिरमा आएको चढावा स्वरुप सुन, चाँदी र दानपेटिकामा जम्मा भएको रकमहरुको विवरण कतै उल्लेख भएको छैन ।
यस सम्बन्धमा प्याकुरेलले भने, “ती सबै विवरण त्यही कार्य समितीमा रेकर्डेड छ ।” तर, हालमा गठन भएको ५ सदस्यीय तर्दथ समितीका संयोजक समेत रहेका ठाकुरले भने, “त्यती बेला संकटकाल भएको कारणले चोरी र लुटिने डरले गर्दा समितीका सदस्यहरुले नै ती रेकर्डहरु आ–आप्mनो जिम्मामा राख्ने गर्थे ।”
त्यती बेला सचिव पदमा रहेका रामनारायण यादवले भने, “म २०५२ सालदेखि २०५७ सम्म सो पदमा थिए र यी सवैको रेकर्ड पनि राखेको थिए, तर अचानक म २०५७ सालमा भुमिगत हुदाँ ती सबै त्यही समितीमा जिम्मा लगाए गए । तर, फेरी २०७१ फाल्गुन ०१ गते देखि २०७५ वैशाख १२ गते सम्म कार्यवाहक अध्यक्ष पदमा रहदाँ १० तोला १ आना सनु, एक सय ८ तोला ११ आना चाँदी जम्मा भएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ