News Category 2075/03/07
सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु, ७ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरी–सुनसरी सिमानामा पर्ने सप्तकोशीमा बुधबार बिहान एक ट्रक खस्दा दुई जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
हेटौंडाबाट बिराटनगरतर्फ जेसिभि बोकेर जाँदै गरेको टक सप्तरी–सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजको पुलको रेलिङ भाच्दै सप्तकोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
सो घटनामा परी सुनसरीको रामधुनी १ झुम्का बस्ने ४५ वर्षिय घनश्याम चौधरी र सुनसरीकै बरहा नगरपालिका १ बस्ने ४२ वर्षिय बिनोद बराइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले गोताखोर टोलीको मद्दतबाट मृतकको शव र घाइतेहरुलाई उद्दार गरेको थियो । प्रहरीका अनुसार ना४ख ३५६ नम्बरको सो ट्रक ओभरलोड र तिब्र तिगका कारण अनियन्त्रित भई कोशी ब्यारेजको दक्षिणतर्फको रेलिङ भाच्दै नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका मोरङका शुक्रराज लामा, कृष्णा चौधरी, राजकुमार मण्डल, झापाका सन्तोष अधिकारी, उदयपुरका हरि मगर, सुनसरीको मणिराज विकको उद्दार गरि उपचारका लागि बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ