News Category 2075/03/08
संघीय प्रहरी कार्यालय “विपद् व्यवस्थापन कार्यदल” को कार्यालयमा परिणत हुँदै
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालय अब बिरगन्जमा सार्ने प्रस्ताव गरिएको छ । संघीय प्रहरी इकाई कार्यालयलाई बिरगन्जमा सार्ने प्रस्ताव गरिएसँगै अब यस कार्यालय भवनलाई प्रदेश २ को “विपद व्यवस्थापन कार्यदल” को मुख्य कार्यालयको रुपमा रहने गरि प्रस्ताव अघि सारिएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले प्रस्तावित यस कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त प्रहरीहरु रहने जानकारी दिएका छन् । ती प्रहरीले बाढी, पहिरो, आगलागि लगायतका विभिन्न विपद् आएको बेला प्रदेश २ प्रहरीको मातहतमा रहने गरि विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।
प्रदेश २ प्रहरीको मातहतमै प्रहरी निरिक्षकको नेतृत्वमा कम्तिमा १ सय २५ जना विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त प्रहरी रहने प्रस्ताव अघि सारिएको उनले जानकारी दिए । राजविराजमा प्रस्तावित विपद व्यवस्थापन कार्यदल प्रदेश २ को मुख्यालयको रुपमा स्थापना गरिने समेत डिआइजी अमात्यले बताए ।
मुलुक संघीय संरचनामा जानु अघि यस कार्यालय ६ जिल्लाको हेडक्वाटर हुने गरेको थियो । सगरमाथा अंचल प्रहरी कार्यालयको नामबाट संचालित यस कार्यालयले सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु प्रहरी कार्यालयलाई हेर्न ग¥थ्यो । मुलुक संघीयतामा गएसँगै कार्यालयको नाम संघीय प्रहरी इकाई कार्यालय राखिएको हो ।
बि.सं. २०६१ साल अघि तत्कालिन अंचल प्रहरी कार्यालयबाटै यातायात कार्यालयको सहकार्यमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको थियो । यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था २०६१ सालपछि यातायात कार्यालय लहानको मातहातलाई दिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ