News Category 2075/03/09
असार १० गतेदेखी नियमित उडान भर्ने तयारी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
वर्षौको प्रतिक्षापछि राजविराज विमानस्थलबाट असार १० गतेदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान भर्ने भएको छ ।
कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरि पाँचदिन उडान भर्ने छ ।
पच्चीस मिनेटको समयावधि रहने यस फ्लाइटको सस्तो भाडादर न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको बताउँदै उनले पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० श्री एयरलाइन्सको जहाजले काठमाडौँदेखि राजविराज उडान भर्ने बताए ।
एक बजेर १५ मिनेटमा काठमाडौैंबाट राजविराज र राजविराजबाट दुई बजेर १० मिनेटमा काठमाडौँका लागि उडान हुने समय तोकिएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु गर्न निर्देशन दिएपनि टर्मिनल भवनको मर्मत गर्ने काममा ढिलाइ भएकोले असार १० गतेदेखी विमान उड्ने जनाइएको छ ।
यता नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार उडानका लागि आवश्यक पर्ने पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको बताए ।
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण भएको छ ।
राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ