News Category 2075/03/11
राजविराज काठमाडौं नियमित उडान सुरु, फुलमाला र गम्छा ओढाएर यात्रुलाई स्वागत
दैनिक समाचारदाता
राजविराज, १० असार ।
अन्तत् लामो समयको प्रतिक्षापछि आईतवार राजविराज विमानस्थलबाट नियमित उडान सेवा सुरु भएको छ । श्री एयरलाईन्सको ५० सिटे जेट इन्जिन विमान ३ वजेर २० मिनेटमा चालक दलका अन्य सदस्य र २० जना यात्रुुलाई लिएर काठमाण्डौका लागि उडान भरेको हो ।
यसअघि काठमाण्डौबाट उडेको विमान २ बजेर ५२ मिनेट जाँदा ४६ यात्रुसहित राजविराज विमानस्थलमा अवतरण गरेको थियो ।
यसैबीच पहिलो उडानबाट आएका चालक दलका सदस्य र सम्पूर्ण यात्रुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, सप्तरी उद्योग बाणिज्य संघ तथा निर्माण व्यवसायी संघका पदाधिकारिहरु, विमानस्थलका लागि जग्गादाता परिवारका महामाया प्रसाद सिंह लगायतले फुलमाला लगाउनुका साथै चिसो तथा गम्छा ओढाएर स्वागत गरेका थिए ।
राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहले नियमित उडानका लागि श्री एयरलाईन्ससँग सम्झौता भएको र सो कम्पनीले शनिवार र मंगलवार वाहेक साताको ५ दिन उडान भर्ने जानकारी दिएका छन् ।
राजविराज काठमाडौं र काठमाडौं–राजविराज उडानका लागि जहाजको भाडा दर न्यूनतम ३ हजार ५ सय र अधिक्तम ६ हजार २ सय तोकिएको छ । यस्तै काठमाण्डौवाट राजविराजका लागि १ः१५ र राजविराजवाट काठमाण्डौंका लागि २ः१० वजेको उडान समय तालिका निर्धारण गरिएको छ ।
विमान सेवा संचालनमा आएपछि सप्तरीका अतिरिक्त सिरहा, सुनसरी उदयपुर तथा सिमावर्ती भारतसम्मका यात्रुहरुले राजविराजवाट विमान सेवा प्रयोग गर्ने अवसर पाएका छन् ।
यता सोही विमानबाट राजविराज आएका सप्तरीका जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेलले जिल्लामा विमान सेवा संचालन भएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेका छन् ।
यस्तै सोही विमानबाट आएका सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले धेरै वर्षको प्रयास पश्चात् विमान सेवा संचालन भएपछि जिल्लाको निजि क्षेत्रले विकासमा ठूलो अवसर पाएको भन्दै अब राजधानीसँग सोझैं जिल्लावासी सम्पर्कमा आएकोमा सबैलाई धन्यवाद दिए ।
राजविराजबाट उडान सेवा संचालनमा आएपछि पशुपति दर्शन तथा काठमाण्डौ जाने स्वदेशी तथा भारतीय तिर्थ यात्रुलाई पनि सहज भएको स्थानीयले विश्वास ब्यक्त गरेका छन् ।
यसअघि पछिल्लोपटक २०६५ सालदेखि यस विमानस्थलवाट विमान सेवा पुरै वन्द गरिएको थियो । विमानस्थल पुनः संचालनमा ल्याउन सरकारले ३० करोड ३० लाख ६४ हजार ५२८ रुपैयाँ खर्चेर १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्ग पक्कि निर्माण कार्य सम्पन्न गराएको थियो । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन, ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सि वे कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएपछि नियमित उडानको वाटो खुलेको हो ।
राजविराजवाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन मन्त्री गणेशमान सिंहले उदघाटन गरेका थिए ।
तर, विमानस्थल पक्कि धावन मार्ग नहुँदा पटक पटक संचालनमा आउने र वन्द हुने नियति भोग्दै आएको थियो । पक्कि धावन मार्गसहित सम्पुर्ण पुर्वाधार तयार भएपछि गत ८ जेठमा श्री एयरलाईन्स सफल परिक्षण उडान गरिएको थियो । त्यस्तै ९ जेठमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले रनवे उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ