News Category 2075/03/14
नगरपालिका प्रमुखसहित पदाधिकारीहरुले आर्थिक अनियमितता गरिरहेको आरोप
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
राजविराज नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरुले गरिरहेको मनपरि तथा आर्थिक अनियमितताको विरोधमा बुधबार खबरदारी तथा जनजागृति सभाको आयोजना गरिएको छ ।
राजविराजका पूर्व मेयर तथा गत निर्वाचनमा मेयर पदका प्रत्याशी रहेकाहरुले संयुक्त रुपमा हटिया बजारमा सो सभाको आयोजना गरेका हुन् ।
आयोजित सभालाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले नगरपालिका भित्र भईरहेको मनपरी र आर्थिक अनियमितता तथा मनपरि नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले राजविराज नगरपालिकाले विभिन्न विकासीय कार्यहरु गर्दा विना टेण्डर, कोटेशनको भरमा संचालन गरेको, सार्वजनिक सूचना जारी समेत नगरेको आरोप लगाएका छन् ।
सोही सभामा वक्ताहरुले भौतिक संरचना निर्माण गर्दा योजना स्टिमेट बोर्ड समेत नराखि जनतालाई सूचनाको हकबाट बञ्चित गराएको भन्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायतको दर्तामा चर्को शुल्क लिएर गरिबलाई आर्थिक भारमा पार्दै गएको आरोप लगाइएको छ ।
अस्पताल, खानेपानी, फोहोर ब्यस्थापनमा नगरपालिकाले ध्यान नदिएको आरोप लगाउँदै वक्ताहरुले सूचना केन्द्रको व्यवस्थापन लगायतका कामहरु सही तरिकाबाट नभएर गैरकानूनी र मनपरी तरीकाबाट भईरहेको आरोप लगाएका छन् ।
सो सभामा पूर्व मेयर अनिस अंसारी, मेयरका प्रत्यासीहरु सुखराम यादव, भिमराज यादव, मिना ठाकुर, धु्रव देव लगायतका वक्ताहरुले नगरपालिकाले गरिरहेको विकासीय लगायतका अन्य कार्यहरुप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ