News Category 2075/03/18
आँखा उपचार केन्द्रमा जिल्लासहित भारतीय बिरामीको घुँइचो, विरामीको चाप बढ्दै जाँदा जनशक्तीको अभाव
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा संचालित राजविराज ९ स्थित मलेठको राजविराज आँखा उपचार केन्द्रले आँखाको जटिल रोगको उपचार र शल्यक्रिया सेवा समेत प्रदान गर्न थालेको छ ।
यता सेवा विस्तारसँगै आँखा विरामीको चाप बढेकाले जनशक्तीको अभाव महशुस गर्न थालिएको केन्द्रका प्रमुख डा. रामकुमार झाले बताए । पहिला दिनमा ९÷१० विरामी आँउथे तर, अहिले सेवा विस्तारसँगै दैनिक १ सयदेखी २ सयसम्म बिरामी आउन थालेको उनको भनाई छ । यस अस्पतालमा भारतीय सीमा क्षेत्रका दरभंगा, विरपुर, मधुवनी र पटनासम्मका बिरामीहरु आउन गरेका छन् ।
केही समयअघिसम्म आँखाको जाँच, औषधि र चश्मासम्मको सेवा मात्र प्रदान गर्दै आएको यस आँखा उपचार केन्द्रले अहिले आएर ती जटिल रोगको उपचार र शल्यक्रिया गर्न थालेपछि जिल्ला तथा भारतको बिरामीहरुको समेतका बिरामीहरु उपचारका लागि आउन थालेका छन् ।
भारतमा आँखा उपचार सेवा महंगो हुने, सेवा लिन झन्झटिलो र गुणस्तरीय न हुँदा नेपाल–भारत सीमा क्षेत्रमा बसोवास गर्ने अधिकाशं नागरिक आँखा उपचारका लागि नेपालमा खोलिएका आँखा अस्पतालमा आउने गरेको डा. झाको भनाई छ ।
केन्द्रको तथ्याङ्क अनुसार सन् २०१८ को ६ महिनाको अवधिमा २७ हजार २ सय ३ जन विरामीको उपचार गरिएको छ । जसमध्ये ७ हजार २ सय ५५ भातरीय नागरिक छन् । यसै अवधि ६ सय २ जना विरामीको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । जसमध्ये १ सय ६४ जना भारतीय नागरिक छन् ।
नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत संचालित राजविराज आँखा उपचार केन्द्र २० शैय्याको छ । यसरी विरामीको चाप बढ्दै जाँदा प्रविधि जनशक्ती, उपकरण र शैय्या थप्नु पर्ने डा. झाको भनाई छ ।
केन्द्रको तथ्याङ्क अनुसार यहाबाट सन् २०१५ मा २२ हजार ७०, सन् २०१६ मा २५ हजार ६ सय ६७, सन् २०१७ मा २६ हजार ४ सय ३६ र सन् २०१८ को हालसम्म १५ हजार १ सय ३८ जना उपचार सेवा प्राप्त गरेका छन् । आफ्नै गाम ठाममा यति राम्रो उपचार सेवा हुनु र विरामीको चाप बढ्दै गएपछि अभाव महशुस गरिएका जनशक्ती, उपकरण, शैय्या र विपदका लागि पावरयुक्त ट्रान्सफर्मर लगायतका साधनको व्यवस्थापन गर्न सरकारको ध्यान जानु जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ