News Category 2075/03/19
बाटोका कारण विमानस्थल आवतजावतमा यात्रुलाई सास्ती, सात दिनमा ६ जना मोटरसाईकल चालक र पछाडि सवार घाईत
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
राजविराज विमानस्थलबाट असार १० गतेदेखी नियमित उडान सुरु भइसकेको छ । वर्षौदेखि अलपत्र अवस्थामा रहेको यस विमानस्थलको धावन मार्ग कालापत्रे पश्चात् नियमित उडान् सूचारु हुन पु्गेको हो ।
श्री एयरलाईन्सले ५० सिट क्षमता भएको जहाज राजविराज–काठमाण्डौ र काठमाण्डौ–राजविराज मंगलबार र शनिबार बाहेक हप्ताको पाँच दिन उडान सेवा सुरु गरेको एक साता भन्दा वढि समय वितिसकेको छ ।
यता विमानस्थलसम्म पुग्न यात्रुहरुलाई राजविराजदेखी झण्डै चार किलोमिटरको दुरीको सडक यात्रा गर्नुपर्छ । त्यसमा तीन किलोमिटर कुनौली सडकको अवस्था राम्रै रहेको पनि त्यसपश्चात् विमानस्थल पुग्न एक किलोमिटर सडक खण्डको अवस्था अत्यन्त दयनिय छ । एक किलोमिटरको दुरी पार गर्न यात्रुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ । उक्त दुरीको सडक अत्यन्त जोखिमपूर्ण रहेको छ । पानी नपरेको समयमा धुलो र वर्षा भएको समयमा हिलो तथा चिप्ले बाटोमा परिणत हुन्छ ।
दुर्भाग्य विमान स्थलसम्म पुग्ने र आवागमनमा प्रयोेग हुने एक मात्र सडक वाटो अत्यन्तै जिर्ण र जोखिमपुर्ण अवस्थाप्रति हालसम्म सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन् । जसकारण विमानस्थलसम्म आवत जावत गर्ने यात्रु र उनका आफन्त सास्ती भोग्न वाध्य छन् ।
समयमै मर्मत सम्भार नगर्दा वर्षाका कारण सडक हिलाम्मे भएपछि पैदल यात्री, साईकल र मोटरसाईकल चढेर विमानस्थलसम्म पुग्न असम्भव जस्तै देखिन्छ । तर, पनि ज्यान जोखिममै राखेर यात्रुहरु जसोतसो विमानस्थल सम्म पुग्छन् र विमानस्थलबाट आफ्नो गन्तव्य तर्फ लाग्छन् ।
यसैबीच वाटो अत्यन्तै जिर्ण भएका कारण विगत सात दिन यता मोटरसाईकल चालक र पछाडि सवार ६ जना लडेर घाईते भएका छन् । सडकको यो अवस्थाले विमानस्थलसम्म पुग्नु भनेको सगरमाथा चढ्नु जस्तै भएको राजविराज ४ का मो. दानीसले वताए ।
उद्घाटन भएको दशकौंपछि यस विमानस्थलबाट विमान चढ्न पाउँदा जिल्लावासी उत्साहित हुनु स्वभाविक नै हो भने अर्को तिर बाटोको हालत देख्दा त्यत्तिकै दुःखी भएका छन् ।
यता एक साताको तथ्याङ्क हेर्दा विमान चढ्न यात्रुको चाप बढ्दो छ । यहाँवाट दैनिक ४० देखि ५० जनासम्म यात्रुले विमान सेवा प्रयोग गरिरहेका छन् भने काठमाडौंदेखी राजविराजसम्म सोही संख्यामा यात्रु आउने गरेका छन् ।
यस्तै उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले जिल्लावासीलाई हिलाम्मे सडकमा कष्टपुर्ण यात्रा गराउन वाध्य पार्ने सरकार दोषी रहेको आरोप लगाए । उनले भने, “विमान सेवा सुरु गर्नु अगावै सडक निर्माण कार्य पुरा हुनुपर्ने थियो तर, बेलैमा ध्यान नदिनु सरकारको अकर्मन्यता हो ।”
यता राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहले ढिलै भएपनि सरकारले सो सडक निर्माणका लागि चासो देखाउँदै टेण्डर प्रकृया अघि वढाएको र सोको ठेक्का सप्तरीको अमरावती निर्माण सेवाले पाएको जानकारी दिएका छन् ।
एक करोड २४ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का पाएको सो निर्माण कम्पनीका संचालक रामानन्द यादवले आफुलाई ठेक्का परेपनि ब्यवस्थापकले सम्झौताका लागि हालसम्म नवोलाएकोले निर्माण कार्य सुरु गर्न नसकिएको बताए ।
टेण्डरमा कवुल गरे अनुसारको धरौटी वापतको रकम १९ लाख ८२ हजार लिएर २÷२ पटक सम्वन्धित ठाउँमा पुगेपनि हाकीम वाहिर गएको भनी जवाफ पाएको र त्यसै कारणले सम्झौता हुन नसकेको वताए ।
सरकारले ३० करोड ३० लाख ७४ हजार ५ सर २८ रुपैयाँ खर्चेर विमानस्थलको कच्चि धावन मार्गलाई पक्किमा परिणत गरि विमान सेवा सुरु गर्न सफल त भयो तर, त्यहासम्म पुग्ने एक मात्र बाटो मध्ये एक किलोमिटर कच्चि बाटोप्रति ध्यान दिन नसक्नु सरकारी नीतिप्रति प्रश्न चिन्ह खडा भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ