News Category 2075/03/21
महुली खोलाको पुल भासियो, एकतर्फी आवतजावत
दैनिक समाचारदाता
राजविराज, २० असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल बुधबार बिहान भासिएको छ ।
बुधबार बिहान महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमी छेउमा झण्डै ५० मिटर भाग कटानका कारण पुलको ड्रोन भासिएको छ भने पुल क्षतिग्रस्त बन्न पुगेको छ । पुलको ड्रोन भासिएकै कारण पुलको बीच भागमा चिरा समेत परेको छ ।
शनिबारदेखी भइरहेको वर्षासँगै खोलामा आएको बाढीका कारण करिब ५० मिटरजति पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिएका छन् ।
अहिले पुलको दक्षिणतिरबाट एक तर्फिरुपमा सवारी आवतजावत गराइदै छ । पुलमा आवागमन जारी रहेको भएपनि उच्च सतर्कता अपनाइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
सो पुलको अवस्था बारे सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खडकासहितको टोलीले अनुगमन एवं निरिक्षण गरेपछि पुलमा थप सतर्कता अपनाउन सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जनाइएको छ ।
यसैबीच सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित खाँडो नदीको बाँध भत्किने खतरा बढेको छ । नदीमा आएको बाढीले बाँध कटान गरेपछि ठाउँ ठाउँमा भासिन थालेको हो । बाँध भत्केपछि दर्जनौं गाउँ जलमग्न हुने अनुमान गरिएको छ । उक्त नदीका कारण लौनिया र तिलाठी उच्च जोखिममा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ