News Category 2075/03/21
जग्गा धनीको किर्ते कागज बनाएर जग्गा विक्रि गर्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० असार ।
मालपोत कार्यालय सप्तरीवाट जग्गाधनीलाई थाहै नदिई किर्ते गरी नम्वरी जग्गा विक्रि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि वुधवार सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका ११ फर्सैठ वस्ने ७४ वर्षिय वृद्ध फुदन साहलाई प्रहरीले सार्वजनिक गरेका हुन् । उनलाई प्रहरीले सोमवार पक्राउ गरी अनुसन्धान पछि वुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
राजविराज नगरपालिका ६ घर भई काम विशेषले अमेरिका गएका समयमा उषा अर्यालको स्वामित्वमा रहेको ३ कठ्ठा ९ धुर जग्गा साहले २०७४ साल पुष ९ गते किर्ते कागजात तयार गरी आप्mनो नाममा पास गराएका थिए । त्यसको एक सातापछि साहले सोहि जग्गा स्थानीय २ महिलालाई विक्रि गरेका थिए ।
पत्रकार सम्मेलनमा डिएसपी भावेश रिमालले ती महिलाहरु उपर पनि अनुसन्धान सुरु गरिएकोले तत्काल नाम ठेगाना खोल्न नमिल्ने वताए । साहले किर्ते गरी आफनो नाममा ल्याएको अर्यालको कित्ता नं. ३५२ को २ कठ्ठा ९ धुर जग्गा २ जना महिलालाई विक्रि गरिसकेको अनुसन्धानको क्रममा खुलेको छ ।
डिएसपी रिमालले मालपोत कार्यालकयका कर्मचारीको समेत मिलेमतो बारे अनुसन्धान भईरहेको बताएका छन् ।
यता अमेरीकावाट फर्केपछि जग्गाका मुलधनी अर्यालले १३ कठ्ठा ९ धुर जग्गा छरछिमेकीवाट वुझ्दा आफनो जग्गा आफुलाई थाहै नदिईकन वेचिई सकेको जानकारी पाएकी थिईन् ।
अर्यालले तत्कालै मालपोत कार्यालय गएर वुभ्mदा उक्त जग्गा फर्सैठका साह र त्यसपछि २ जना महिलाको नाममा दर्ता भईसकेको थाहा पाएका थिए । त्यसपछि उनी प्रहरीको शरणमा पुगेकी थिईन् ।
यता मालपोतकै कर्मचारीको मिलेमतोमा आफनो नामको जग्गाको किर्ते कागजात वनाई विक्रि भएको भन्दै तिनीहरुलाई पनि कानुनी दायरामा ल्याउन पुर्ने उनले माग गरेकी छिन् ।
पक्राउ परेका साहलाई सरकारी कागज किर्ते शिर्षकमा सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रकृया अघि वढाईएको डिएसपी रिमालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ