News Category 2075/03/25
शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक मिलेर निःस्वार्थ काम गर्नु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
नेपाल प्रहरीका नायव प्रहरी महानिरिक्षक धिरु वस्न्यातले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक मिलेर निःस्वार्थ भई काम गर्नु पर्नेमा जोड दिएका छन् ।
राजविराजस्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको आईतवार उदघाटन गर्दै वस्न्यातले समाजमा कर्तव्यकर्मीको अभाव रहेकोले अशान्ति र अपराधिक गतिबिधी न्युनीकरणमा चाहेजतीको सुधार हुन नसकेको बताए ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख समेत रहेका बस्न्यातले बिना वर्दीका नागरिकले पनि शान्ति सुरक्षमा सहयोग गर्नु जरुरी रहेको भन्दै बालबालिकालाई मोवाईल दिदा अभिभावकले निगरानी गर्नु पनि उत्तिकै जरुरी रहेको बताए ।
अधिकाँश जबरजस्ती करणी, चोरी, लुटपाट, हत्या लगायतका अपराधिक घटनामा मोवाईल एउटा माध्यम र सहयोगी बन्न पुगेको अनुसन्धानको क्रममा पाईएकोले मोबाईलको दुरुपयोग रोक्न सकिए धेरै हद सम्म अपराधिक घटनामा नियन्त्रणमा आउने उनको भनाई छ ।
सोही कार्यक्रममा उनले कुनै प्रलोभनमा नपरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न इमान्दारी पूर्वक काम गर्न प्रहरीलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्राविधिक तर्फका प्रहरी निरिक्षक निरंजन कुमार सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ सय ६५ वर्गफिटमा कुल १ करोड ३२ लाख ३६ हजार ५ सय ६८ रुपैयाको लागतमा केन्द्रको तिन तल्ले भवन निर्माण सम्पन्न भएको हो ।
यस्तै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिहले नवनिर्मित भवनमा रिसेप्सशन, तीन कार्यालय कक्ष, दुई इन्र्चाज हल, दुई मिटिङ हल, डयुटीहल, परार्मश कक्ष, दुई भिक्टिम रुम, तीन भान्सा कोठा, तालिम कक्ष र दुई डाईनिङ्ग हल गरी कुल १७ कोठा रहेको जानकारी दिए ।
उनले नवनिर्मित भवनले काम गर्न सहज भएको भन्दै उक्त केन्द्रबाट प्रभावकारी ढंगबाट लक्षित वर्गलाई सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा केन्द्रको भवन निर्माणमा सहयोग गर्ने लैङ्गिक हिंशा तथा नियन्त्रण संजालका पदाधिकारी एवं प्रहरीलाई प्रमुख अतिथी बस्न्यातले कदर पत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख प्रभाकर यादव, निमित प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका, बरिष्ठ पत्रकार शिवहरी भट्टराई, लैङ्गिक हिंशा नियन्त्रण संजालका अध्यक्ष मनोहर पोखरेल, एसियाली विकाश बैंक महिला तथा बालबालिका विभागकी परियोजना संयोजक सुलोचना श्रेष्ठ लगायतले महिला तथा बाल हिंशा न्युनीकरणमा नवनिर्मीत कार्यालय भवनबाट प्राप्त हुने सेवा थप सहयोगि बन्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ