News Category 2075/03/26
बाढीपीडित दश परिवारले पाए नयाँ घर
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीका बाढी पीडितहरुले नयाँ घर पाएका छन् । २०७४ साउन २८ गते आएको बाढीले घर बगाउँदा कष्टपुर्ण जीवन विताउँदै आएका जिल्लाको तिलाठी कोईलाडी १ र महादेवा गाउँपालिका ५ का दस परिवारले सो नयाँ घर पाएपछि हर्षित भएका छन् ।
बाढीले फुसको संरचना भएका घर बगाएपछि अहिले सोको सट्टा टिनको छाना भएको पक्कीे नयाँ घरसँगै एउटा शौचालय समेत उनीहरुले पाएका छन ।
बाढीपिडितको विजोग हेरेर महादेवा गाँउपालिका निवासी समाजसेवी कृत शर्माले व्यक्तिगत र अमेरिकामा वसोवास गरेका नेपाली इस्टमित्रको सहयोग जुटाएर “हाम्रो समाज नेपाल” नामक संस्था मार्फत २०७४ कार्तिक २ देखी बाढीपीडित विस्थापित विपन्न परिवारका लागी नयाँ घर बनाउने काम सुरु गरेको थियो ।
करिब २० लाख २६ हजार ५ सय रुपैया खर्चेर टिनको छाना भएको पक्की घर, निर्माण कार्य सम्पन्न भएपछि सोमवार एक कार्यक्रमबीच बाढीपीडित परिवारलाई हस्तान्तरणन गरिएको हो ।
नयाँ घर पाउनेहरुमा तिलाठी कोइलाडी गाउँपालिका १ का त्रिलोकनाथ मिश्र, हेमनारायण मिश्र, संतोष झा र रविेन्द्रनाथ मिश्र । त्यस्तै महादेवा गाउँपालिका ५ का विन्देश्वर खंग, चन्देश्वर खंग, पलट खंग, रवी साह, जागेश्वर खंग र रमा खंगले पनि नयाँ घर पाएका छन् ।
उनीहरुलाई समाजसेवी एवं प्रमुख दाता शर्मा, हाम्रो समाज नेपालका अध्यक्ष रामनारायण शर्मा, वडा अध्यक्ष दिनेश्वर मिश्र, संस्थाका संचालक सदस्य वैधनाथ यादव, प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झा लगायतले नयाँ घरको साँचो तथा संस्थाको प्रमाण पत्र हस्तान्तरण गरे ।
सोही अवसरमा भवन निर्माणको अगुवाई गर्ने शर्माले बाढीपीडित परिवारलाई नयाँघर संगै नगद ५÷५ हजार सहयोग तथा २÷२ थान झुल समेत वितरण गरेका थिए । यस्तै भवन निर्माण कार्यक्रममा संस्थाको तर्फबाट खटेर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेका किशोर कुमार मिश्रलाई कदर पत्र र नगदबाट सम्मानित गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ