News Category 2075/03/28
सप्तरीबाट ७७ हजार ५ सय ४ जना रोजगारीका लागि विदेशिए, १ सय ३३ जनाको रोजगारीकै क्रममा मृत्यु .....
दैनिक समाचारदाता
राजविराज २७ असार ।
सप्तरीबाट विगत ६ वर्षको अवधीमा ९९ हजार १ सय ३६ जनाले राहदानी बनाएकोमा ७७ हजार ५ सय ४ जना बैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएका छन् भने हालसम्म १ सय ३३ जनाले रोजगारीकै क्रममा विदेशमा ज्यान गुमाएको एक तथ्याङ्कले जनाएको छ ।
सबल नेपालले सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बुधवार राजविराजमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि पत्रकार र सरोकारवालासँगको छलफल कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा सवल नेपालका सामी परियोजनाका कार्यक्रम संयोजक अशोक कुमार साहले वर्षभरीको प्रतिवदेन सार्वजनिक गर्दै आ.ब. २०६८÷६९ मा ७ हजार ३ सय ३२, २०६९÷७० मा १२ हजार ६ सय ९९, २०७०÷७१ मा १६ हजार १ सय १४, २०७१÷७२ मा १ हजार ४ सय १०, २०७२÷७३ मा १३ हजार ४ सय १८ र २०७३÷७४ मा १३ हजार ९ सय ३१ गरि ७७ हजार ५ सय ४ जना सप्तरीका युवा वैदेशिक रोजगारका लागि मलेसिया, कतार, दुबई र कुवैत लगातका राष्ट्रमा पुगेका छन् ।
त्यस्तै २०६५÷६६ मा १, २०६६÷६७ मा ७, २०६७÷६८ मा १६, २०६८÷६९ मा १९, २०६९÷७० मा ९, २०७०÷७१ मा १९, २०७१÷७२ मा २४, २०७२÷७३ मा ११, २०७३÷७४ मा १५ र २०७४÷७५ मा १२ जना गरि १ सय ३३ जनाले रोजगारीकै क्रममा विदेशमा ज्यान गुमाएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कलाई उद्धृत गर्दै संयोजक साहले जानकारी दिए ।
सप्तरीबाट रोजगारीका लागि विदेशीका अधिकांश युवा फर्निचर उद्योग, क्लिनर, इलेक्ट्रशियन, सेल्सम्यान, सुरक्षा गार्ड, कृषि फर्म र रेस्टुरेन्टमा कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २० देखी ४४ उमेर समूहका दिनहुँ १५ देखि २० जनासम्म वैदेशिक रोजगारीका लागी अधिकांश कम शैक्षिक योग्यता भएकाको विदेश गएको जनाइएको छ । सबैभन्दा बढी ३३ हजार २ सय ५२ जना यूवाहरु रोजगारीका लागि मलेशिया गएका छन् । त्यस्तै १७ हजार ३९ कतार, १६ हजार ६ सय ८१ साउदी, २ हजार ७ सय ९७ यूएई, १ हजार ९ सय ४२ कुवेत, १ सय ७९ ओमान, १ सय ६४ बहराइन, १ सय ९६ जोर्डन र २ हजार ४ सय ५९ यूवाहरु अन्य मुलुक रोजगारीका लागि गएको बैदेशिक रोजगार विभागले जनाएको छ ।
यसैबीच सुरक्षित वैदेशिक रोजगार प्रक्रियाबारे जनस्तरमा चेतना फैलाइएपछि एजेन्टबाट ठगिने, विदेशमा अलपत्र पर्ने र न्यायका लागि भौतारिने लगायतका घटनामा कमी आएको प्रस्तुत तथ्याङ्कले देखाएको छ । सोही तथ्याङ्कले जिल्लाबाट यूवाहरु बाहुल्यता हुँदा आवश्यक ज्ञानको अभावमा समस्यमा पर्ने गरेको जनाउँदै वैदेशिक रोजगारीका लागि जाँदा सीप तालिम सिकेर मात्र जानु पर्ने सहभागि वक्ताहरुले सुझाव समेत दिएको छन् ।
कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा लाभदायक बनाउन तथा विदेश जाने व्यक्तिलाई ठगिनबाट जोगिन गाउँ गाउँमा सचेतना अभियान मार्फत वैदेशिक रोजगारीका बारेमा जानकारी गराएपछि सो सफलता मिलेको साहको भनाइ छ ।
यस्तै अभियान अन्तर्गत पीडित र पीडक बीचमा छलफल, स्थानीय प्रहरी प्रशासनसँग सहकार्य, रोजगारीका क्रममा ठगिएकाहरुको पीडकबाट करम बसुली, वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी म्यानपावर कम्पनी र एजेन्टसँग छलफल न्यायपाउने निकायबारे जानकारी, सामुदायिक अभिमुखिकरण, वैदेशिक रोजगार बारे पत्र पत्रिका र एफएम मार्फत संन्देश मुलक सामग्री प्रसारण, समुदायमा तालिम प्राप्त जनशक्ती परिचालन, नवनिर्वाचित जनप्रनिहिरुसँग अन्तरक्रिया तथा वैदेशिक रोजगारीमा जानु भन्दा पूर्व सीप तालिम सिकाई विदेश जाने युवा र विदेशबाट फर्केका युवा लगायतका उपायहरु बीच अन्तरक्रिया अवलम्बन गरिएको सामी हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरीले बताए ।
उनले वैदेशिक रोजगारीको क्रममा समस्या देखिएका १ हजार २ सय ४७ वटा निवेदन उपर सकृय पहल गर्दा पीडकबाट ४२ लाख ६० हजार १ सय ९८ रुपैयाँ क्षतिपूर्ति भराई पीडितलाई उपलब्ध गराई सकिएको जानकारी दिए । गाउँ गाउँमा सूचना तथा परामर्श केन्द्र संचालनमा ल्याई त्यसको नियमित अनुगमन गराउँदा लक्षित वर्ग लाभान्वित र कार्यक्रम प्रभाकारी बनेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ