News Category 2075/04/01
बजाज खडक वारिर्यसको लगातार दोश्रो जित
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
राजविराजमा संचालित प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार सम्पन्न खेलमा बजाज खडक वारिर्यसले बोदेबर्साइन थन्र्डसलाई ६ बिकेटले पराजित गरेको छ ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पाँचौं दिन बोदेबर्साइनले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ९३ रन बनाउन सफल भएको थियो ।
बोदे बर्साइनलाई सस्तो रनमा समेट्न सडकका उपेन्द्र रायले ४ ओभरमा ९ रन दिई २ बिकेट तथा बिवेक यादवले ३ ओभरमा २५ रन दिई २÷२ बिकेट लिएका थिए भने हरिशंकर साह र फिर्दोस अंसारीले १÷१ बिकेट लिएका थिए । बोदे बर्साइनका लागि बिक्रम भुसालले १५ बलमा ३ छक्का र १ चौक्काको मद्धतले २६ अंकित सुबेदी र संदीप ढुंगानाले क्रमश ः१५ र १० रन बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन ।
यता ९४ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको खडक वारिर्यसले १८ ओभर १ बलमा लक्ष्य भेटाएका थियो । खडकका लागि प्रशान्त राईले ४२ बलमा १ छक्का र २ चौक्काको मद्धतले ३१ रन तथा बिवेक यादव र फिर्दोस अंसारीले अवजित रहदै क्रमश ः १९ र १७ रनको योगदान दिएका थिए ।
यस्तै बलिंङ्गतर्फ बोदे बर्साइनका नन्दन झाले २ तथा रोहित सिंह र बिक्रम भुषालले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका बिवेक यादवलाई राजबिराज नगरपालिकाका सरसफाइ प्रमुख तथा कवडिका पुर्व अन्तराष्ट्रिय खेलाडि उमेश यादवले ट्रफी तथा १ हजार ५ सयले सम्मान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत मंगलवार बजाज खडक वारिर्यस र तिलाठि कोईलाडि महिन्द्रा हिरोजका बिच हुने आयोजक समितिका राहुल सिंहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ