News Category 2075/04/02
बजाज खडक र बोदे बर्साईनबीच फाइनल आज
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
राजबिराजमा संचालित प्रथम मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल खेल आज बजाज सडक वारियर्स र बोदे बर्साईन थन्डर्सबीच हुने भएको छ ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित मंगलबारको अन्तिम लिग खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
तीन टोलि सहभागी लिग खेलको समाप्ति पछि ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाईनलमा प्रवेश गरेको जस्हो । यता मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित भएको छ ।
यता पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो । जसमा ओपनर राहुल मण्डलले सर्वा्धिक ३० रन, संसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाएका थिए । बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले २र२ विकेट हात पारे ।
११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो। शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे । हसिम अन्सारीले १६ रन योगदान दिए ।
अलराउण्ड योगदान दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए जसलाई उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ