News Category 2075/04/03
बजाज खडक वारिर्यसले प्रथम मेयर कपको उपाधी हात पा¥यो
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
बजाज खडक वारियर्सले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा वारियर्सले बोदे बर्साइन थन्र्डसलाई ४ विकेटले पराजित गर्दै सो उपाधि हात पारेको हो ।
राजविराज नगरपालिकाको सहयोग र सप्तरी क्रिकेट संघको आयोजनामा स्थानीय पविमाविको क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा वारियर्सले उपाधि जित्दै ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ समेत हात पारेको छ । यता उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
सम्पन्न फाईनल खेलमा टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्र्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको इनिंग खेलेका थिए । यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए । यता खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २÷२ विकेट हात पारे ।
१ सय २८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । वारियर्सको जितमा पुष्प थापाले सर्वाधिक ४२ रनको इनिंग खेल्दै जितमा अहज योगदान दिए । म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २÷२ विकेट हात पारे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृष्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृष्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उद्यमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए । उत्कृष्ट खेलाडी यादबले १५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले १०÷१० हजार प्राप्त गरे । बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले पुरस्कार प्रदान गरेका थिए ।
खेल समाप्तपछि आयोजित कार्यक्रममा सप्तरी क्रिकेट संघद्धारा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव तथा वडा नं. ५ का वडा अध्यक्ष समिर झालाई सप्तरी प्रिमियर लिगमा पु¥याएको योगदानको लागि सम्मान समेत गरिएको थियो ।
सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजबिराज नगरपालिकाका नगर उपप्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर कार्की, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ, राजबिराज नगरपालिका वडा नंं. १ का अध्यक्ष, चन्द्र शेखर चौधरी, वडा नं. २ का अरुण यादव, वडा नं. ५ का समिर झा, वडा नं. ८ का जयनारायण मण्डल, सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष बिष्णु यादव, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास लगायतले खेलाडिहरुलाई पुरस्कार तथा ट्रफीहरु बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ