News Category 2075/04/03
बजाज खडक वारिर्यसले प्रथम मेयर कपको उपाधी हात पा¥यो
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
बजाज खडक वारियर्सले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा वारियर्सले बोदे बर्साइन थन्र्डसलाई ४ विकेटले पराजित गर्दै सो उपाधि हात पारेको हो ।
राजविराज नगरपालिकाको सहयोग र सप्तरी क्रिकेट संघको आयोजनामा स्थानीय पविमाविको क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा वारियर्सले उपाधि जित्दै ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ समेत हात पारेको छ । यता उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
सम्पन्न फाईनल खेलमा टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्र्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको इनिंग खेलेका थिए । यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए । यता खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २÷२ विकेट हात पारे ।
१ सय २८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । वारियर्सको जितमा पुष्प थापाले सर्वाधिक ४२ रनको इनिंग खेल्दै जितमा अहज योगदान दिए । म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २÷२ विकेट हात पारे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृष्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृष्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उद्यमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए । उत्कृष्ट खेलाडी यादबले १५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले १०÷१० हजार प्राप्त गरे । बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले पुरस्कार प्रदान गरेका थिए ।
खेल समाप्तपछि आयोजित कार्यक्रममा सप्तरी क्रिकेट संघद्धारा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव तथा वडा नं. ५ का वडा अध्यक्ष समिर झालाई सप्तरी प्रिमियर लिगमा पु¥याएको योगदानको लागि सम्मान समेत गरिएको थियो ।
सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजबिराज नगरपालिकाका नगर उपप्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर कार्की, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ, राजबिराज नगरपालिका वडा नंं. १ का अध्यक्ष, चन्द्र शेखर चौधरी, वडा नं. २ का अरुण यादव, वडा नं. ५ का समिर झा, वडा नं. ८ का जयनारायण मण्डल, सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष बिष्णु यादव, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास लगायतले खेलाडिहरुलाई पुरस्कार तथा ट्रफीहरु बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ