News Category 2075/04/05
राजपा सप्तरीले मलेठ घटनाको प्रतिवेदन जलायो
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन सत्यतथ्य नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले उक्त प्रतिवेदनको प्रतिलिपि जलाएको छ ।
राजविराजस्थित जनआन्दोलन चौकमा शुक्रबार राजपा सप्तरीले आयोजना गरेको बिरोधसभामा उक्त प्रतिवेदनको प्रतिलिपी जलाएको हो ।
यसअघि सोको बिरोधमा राजपा सप्तरीले शुक्रबार बिहान एक घण्टा चक्काजाम गरेको थिया । राजविराज ९ स्थित सहिद मलेठ चौकमा शुक्रबार बिहान ८ देखि ९ बजेसम्म एक घण्टा धर्ना दिदै चच्काजाम गरेको हो ।
राजपाका महासचिव मनिषकुमार सुमनले आयोगको प्रतिवेदन अत्याधिक पूर्वाग्राही, एकपक्षिय र निन्दनिय रहेको आरोप लगाउँदै आयोगले प्रहरी प्रशासनलाई चोख्याउने काम गरेको बताएका छन् । उनले आन्दोलनको स्वरुप सानो भएपनि प्रतिवेदन नसच्याइए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिए ।
सो धर्ना एवं चक्काजाममा राजपाका केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष एवं पार्टीका नेता प्रभकर यादव, केन्द्रिउ सदस्य दिनेश कुमार यादव, जिल्ला संयोजक सुनिल कुमार झा, वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव, महिला नेतृ पुनम यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले राजविराजभन्दा तीन किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय निकायको चुनाव केन्द्रित आम सभा गरेको थियो । उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच जना कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोग असार ३२ गते सार्वजनिक गरेको प्रतिवेदनमा मलेठ घटनाको मुख्य दोषि तत्कालिन संयुक्त मधेशी मोर्चा सप्तरी नै रहेको निष्कर्ष सार्वजनिक गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ