News Category 2075/04/05
घुस लिँदा लिँदै कर्मचारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
अख्तियारको टोलीले सेवाग्राहीसँग ७० हजार नगद घुस लिएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
गाउँपालिकाको राजविराज ५ स्थित सम्पर्क कार्यालयवाट भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुस वापत लिएको नगद ७० हजार वरामद भएको जानकारी दिएका छन् । सो गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समिति मार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात् अन्तिम भुक्तानी दिने बेला सामाजिक परिचालक समेत रहेका मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसन वापत उक्त रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताए ।
यता पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला उपभोक्ता समितिका सकरपुरा निवासी केशरी सिंहलाई दिएको ऋण फिर्ता लिएको दावी गरेका छन् ।
अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार गरे पश्चात् अनुसन्धानका लागि ईटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ