News Category 2075/04/05
सुरूङा प्रदेश २ कै पहिलो शतप्रतिशत बिद्यालय भर्ना घोषणा हुने
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
सप्तरीको सुरूङ्गा नगरपालिका प्रदेश नं. २ कै पहिलो शतप्रतिशत बिद्यालय भर्ना नगरपालिका घोषणा हुने भएको छ ।
सुरूङा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको अगुवाईमा शुक्रबार गरिएको अनुगमनमा शत प्रतिशत बिधालय भर्ना घोषणा तयारीका लागि वडा नम्वर १ देखि ११ का सबै बालबालिका बिद्यालय भर्ना भएको पाईएपछि घोषणा गर्न लागिएको हो ।
नगरको सबै क्षेत्रमा दलित, बिपन्न, मुस्लिम रहेको अन्य टोलमा स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा बिद्यालय भर्ना हुनवाट बञ्चित नरहेको र बालवालीकाहरू हाल सम्म सेवा क्षेत्रका ३ देखि १२ बर्ष उमेर समुहका सबै बिद्यालयमा भर्ना भएका पाईएकोले शतप्रतिशत बिद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने निर्णय भएको नगर प्रमुख चौधरीले जानकारी दिए ।
प्रमुख चौधरीले बालवालिका बिद्यालय भर्ना भएको सम्पुर्ण वडा अध्यक्षहरूले गरेको सिफारिसको अधारमा साउना ८ गते मंगलवार कुशहामा एक कार्यक्रम बिच शतप्रतिशत बिद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने बताए ।
यता सुरूङा नगरपालिकाको आयोजना तथा सबल नेपाल, सेभ द चिल्ड्रेन, स्पोन्सरसिप कार्यक्रमको साझेदारीमा नगरमा सम्पुर्ण वडाहरूमा शत प्रतिशत बिद्यालय भर्ना अभियान, बिद्यालयमा वालवालीकालाई टिकाउनका लागी अभिभावकलाई जनचेतनामुलक अभिमुखीकरण, अन्तक्रिया जस्ता कार्यक्रम गर्दै आएको स्पोन्सरसिप कार्यक्रम संयोजक नन्दकिसोर चौधरीले बताए ।
सो अवसरमा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकरराज लुईटेलले सुरूङा नगरको सम्पुर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत वालवालिका भर्ना बिद्यालय भएको र कुनै पनि वालवालीका बिद्यालय बाहिर नभएकोले अब उनीहरूलाई सिकाउने, टिकाउन र बिकाउने रहेको बताए ।
सवल नेपालको स्पोन्सरसिप कार्यक्रमको तथ्याङ्क अनुसार सुरूङा नगरपालिकाको वडा नम्वर १ देखि वडा नम्वर ११ सम्मको बालबिकास कक्षा देखि १२ कक्षा सम्मका छात्रा ५ हजार ५१ जना र छात्र ४ हजार २ सय ४६ जना गरि ९ हजार २ सय ९७ छात्रछात्रा बिद्यालय भर्ना भएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिसोर चौधरी जानकारी दिए ।
नगरप्रमुख मुक्तीनाथ चौधरीको अगुवाईमा गरिएको अनुगमन टोलीमा शिक्षा बिकास समन्वय ईकाई प्रमुख शंकरराज लुईटेल, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य शान्ती मण्डल, नगरपालिका शिक्षा श्रोत ब्यक्ति भोगेन्द्र यादब, सबल नेपालका बोड सदस्य आशाराम चौधरी, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, केन्द्रीय पार्षद भोला पासवान लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ