News Category 2075/04/05
सुरूङा प्रदेश २ कै पहिलो शतप्रतिशत बिद्यालय भर्ना घोषणा हुने
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
सप्तरीको सुरूङ्गा नगरपालिका प्रदेश नं. २ कै पहिलो शतप्रतिशत बिद्यालय भर्ना नगरपालिका घोषणा हुने भएको छ ।
सुरूङा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको अगुवाईमा शुक्रबार गरिएको अनुगमनमा शत प्रतिशत बिधालय भर्ना घोषणा तयारीका लागि वडा नम्वर १ देखि ११ का सबै बालबालिका बिद्यालय भर्ना भएको पाईएपछि घोषणा गर्न लागिएको हो ।
नगरको सबै क्षेत्रमा दलित, बिपन्न, मुस्लिम रहेको अन्य टोलमा स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा बिद्यालय भर्ना हुनवाट बञ्चित नरहेको र बालवालीकाहरू हाल सम्म सेवा क्षेत्रका ३ देखि १२ बर्ष उमेर समुहका सबै बिद्यालयमा भर्ना भएका पाईएकोले शतप्रतिशत बिद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने निर्णय भएको नगर प्रमुख चौधरीले जानकारी दिए ।
प्रमुख चौधरीले बालवालिका बिद्यालय भर्ना भएको सम्पुर्ण वडा अध्यक्षहरूले गरेको सिफारिसको अधारमा साउना ८ गते मंगलवार कुशहामा एक कार्यक्रम बिच शतप्रतिशत बिद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने बताए ।
यता सुरूङा नगरपालिकाको आयोजना तथा सबल नेपाल, सेभ द चिल्ड्रेन, स्पोन्सरसिप कार्यक्रमको साझेदारीमा नगरमा सम्पुर्ण वडाहरूमा शत प्रतिशत बिद्यालय भर्ना अभियान, बिद्यालयमा वालवालीकालाई टिकाउनका लागी अभिभावकलाई जनचेतनामुलक अभिमुखीकरण, अन्तक्रिया जस्ता कार्यक्रम गर्दै आएको स्पोन्सरसिप कार्यक्रम संयोजक नन्दकिसोर चौधरीले बताए ।
सो अवसरमा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकरराज लुईटेलले सुरूङा नगरको सम्पुर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत वालवालिका भर्ना बिद्यालय भएको र कुनै पनि वालवालीका बिद्यालय बाहिर नभएकोले अब उनीहरूलाई सिकाउने, टिकाउन र बिकाउने रहेको बताए ।
सवल नेपालको स्पोन्सरसिप कार्यक्रमको तथ्याङ्क अनुसार सुरूङा नगरपालिकाको वडा नम्वर १ देखि वडा नम्वर ११ सम्मको बालबिकास कक्षा देखि १२ कक्षा सम्मका छात्रा ५ हजार ५१ जना र छात्र ४ हजार २ सय ४६ जना गरि ९ हजार २ सय ९७ छात्रछात्रा बिद्यालय भर्ना भएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिसोर चौधरी जानकारी दिए ।
नगरप्रमुख मुक्तीनाथ चौधरीको अगुवाईमा गरिएको अनुगमन टोलीमा शिक्षा बिकास समन्वय ईकाई प्रमुख शंकरराज लुईटेल, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य शान्ती मण्डल, नगरपालिका शिक्षा श्रोत ब्यक्ति भोगेन्द्र यादब, सबल नेपालका बोड सदस्य आशाराम चौधरी, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, केन्द्रीय पार्षद भोला पासवान लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ