News Category 2075/04/08
विवाह गर्ने बहानामा गाउँबाहिर लगी बालिकाको गर्भपतन
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीको कंचनरुप नगरपालिकाकी एक बालिकालाई गर्भवती बनाएर स्थानीय एक युवकले विवाह गर्ने बहानामा गाउँबाहिर लगी गर्भपतन गराएको घटना सार्वजनिक भएको छ ।
कंचनरुप नगरपालिका ९ रघुनाथपुरका २० बर्षीया संजय सरदारले १७ वर्षिया बालिकासँग प्रेमको नाटक गरी गर्भ बोकाएर तुहाइएको घट्ना सार्वजनिक भएको हो ।
पाँच महिनाको गर्भपतन गराएपछि ती बालिकाको रक्तश्राव शुरु भएपछि चार दिनदेखिको रक्तश्राव नरोकिँदा उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ ।
१७ बर्षीया ती बालिकासँग पटक–पटक यौन सम्बन्ध राख्दै आएका सरदारको सोही सम्बन्धबाट बालिका गर्भवती भएकी थिइन् । गत बिहीबार सरदारले विवाह गर्न काठमाडौं जान भनेपछि बालिका खुशी खुशी जान तयार भएपश्चात् काठमाडौं नगएर सप्तरीकै कल्याणपुरस्थित एक नीजि अस्पतालमा गर्भपतन गराएको बालिकाको भनाई छ ।
बालिकाले गर्भपतन गर्न नमान्दा संजयले बलजफ्ती गराएको बताउँदै सो अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि संजयलाई सघाएको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले बालिकालाई गर्भवती बनाएर गर्भ तुहाउने संजयबिरुद्व मुद्दा दर्ता गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ