News Category 2075/04/10
बस र माइक्रो ठोकिदा वरिष्ठ पत्रकार खतिवडाको मृत्यु, अन्य तीन घाइते
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक मध्ये एक वरिष्ठ पत्रकार राम प्रसाद खतिवडाको बुधबार सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य तीन जना गम्भिर घँइते भएका छन् ।
२०२५ सालदेखि पत्रकारीता पेशा सुरु गरेका खतिवडाले मातृभुमि साप्ताहिकमा लामो समयसम्म सप्तरीको सम्वाददाता भएर काम गरेका थिए । ७२ वर्षिय खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक सदस्य हुन् ।
राजविराज ७ निवासी पत्रकार खतिवडाको बुधबार बिहान राजबिराज १५ स्थित राजबिराज हनुमाननगर सडक खण्डमा बस र माइक्रो एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिराटनगरबाट राजबिराज तर्फ आउँदै गरेको को १ ज २१४९ नं. को माईक्रो बस र बिपरीत दिशा बाट जाँदै गरेको ना ५ ख ६१० नं. को बस एक आपसमा ठोकिदा खतिवडासहित चार जना गम्भिर घाइते भएका थिए ।
टाउकोमा गम्भिर चोट लागेको खतिवडाको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका छोरीज्वाई प्रभाकर देवकोटाले बताए ।
यस्तै सो दुर्घटनामा परि मोरङ मोतिपुर गाउँपालिका ६ बस्ने ३० वर्षिय श्रवण माझी, राजबिराज १ बस्ने ४५ वर्षका मित्यानन्द झा र सुनसरी दुहबी १० बस्ने ५२ वर्षका अर्जुन ठकुरी गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते मध्ये श्रवण माझीको बिराटनगर स्थित गोल्डेन अस्पताल तथा मित्यानन्द झाको धरानस्थित घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ