News Category 2075/04/10
३४ महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल प्रदान
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
विष्णुपुर गाउँपालिकाको कार्यालयले सात वटै स्वास्थ्य चौकीका ३४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले बुधवार साइकल प्रदान गरेको छ ।
यो सँगै १८ वटा स्थानिय तह रहेको सप्तरीमा महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई साइकल बितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको छ ।
स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी तथा वडा कार्यालयमा कार्यरत सबै ३४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल वितरण गरिएको हो ।
स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयमसेविकाहरुको पिडा कम गर्ने र गाउँपालिकाका सर्वसाधारणहरु सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले बताए ।
प्रशासकीय अधिकृत रञ्जीत जंग अधिकारीले आवश्यक बजेटका अभाव भएपनि स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शिर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताए ।
यता साइकल पाएपछि महिला स्वास्थ्य स्वयमसेविकाहरु पनि खुशी भएका छन् । स्वास्थ्य स्वमसेविका अरुलादेवी यादवले अब स्वास्थ्य चौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउँदै खुशी व्यक्त गरिन् ।
कार्यक्रममा उपाध्यक्ष जनजीरादेवी यादव, वडा अध्यक्ष विन्देश्वर साह, रामेश्वर यादव, जीवछ मण्डल, दिनेश यादवले पनि गाउँपालिकाको तर्फबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ