News Category 2075/04/10
३४ महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल प्रदान
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
विष्णुपुर गाउँपालिकाको कार्यालयले सात वटै स्वास्थ्य चौकीका ३४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले बुधवार साइकल प्रदान गरेको छ ।
यो सँगै १८ वटा स्थानिय तह रहेको सप्तरीमा महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई साइकल बितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको छ ।
स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी तथा वडा कार्यालयमा कार्यरत सबै ३४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल वितरण गरिएको हो ।
स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयमसेविकाहरुको पिडा कम गर्ने र गाउँपालिकाका सर्वसाधारणहरु सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले बताए ।
प्रशासकीय अधिकृत रञ्जीत जंग अधिकारीले आवश्यक बजेटका अभाव भएपनि स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शिर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताए ।
यता साइकल पाएपछि महिला स्वास्थ्य स्वयमसेविकाहरु पनि खुशी भएका छन् । स्वास्थ्य स्वमसेविका अरुलादेवी यादवले अब स्वास्थ्य चौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउँदै खुशी व्यक्त गरिन् ।
कार्यक्रममा उपाध्यक्ष जनजीरादेवी यादव, वडा अध्यक्ष विन्देश्वर साह, रामेश्वर यादव, जीवछ मण्डल, दिनेश यादवले पनि गाउँपालिकाको तर्फबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ