News Category 2075/04/11
वरिष्ठ पत्रकार स्व. खतिवडाप्रति श्रद्धाञ्जली अर्पण
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सवारी दुर्घटनामा निधन भएका सप्तरीका वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको प्रति नेपाल पत्रकार महासंघ सप्तरी शाखाले बिहीबार श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजविराजस्थित महासंघको भवनमा आयोजित सभामा जिल्लाका संचारकर्मीहरुले एक मिनेट मौन धारण गरि त्यहा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै स्व. खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि प्रसाद भट्टराई, गणेशलाल देव, पूर्व सभापति व्यासशंकर उपाध्याय, महासंघका अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्ष श्यामसुन्दर यादव, सहसचिव चन्दन यादव, पत्रकार नवीनकुमार गुप्ता, दिनशे शर्मा, प्रदेशसभा सदस्य ललिता साह, प्रियासिंह थारु लगायतले स्व. खतिवडाको तस्विरमा फुलमाला चढाई शोक पुस्तिकामा हस्ताक्षर गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्व. खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि १३ दिनसम्म महासंघको कार्यालयमा शोक पुस्तिका राखिएको महासंघका सचिव जितेन्द्र झाले जानकारी दिएका छन् ।
राजविराज ७ निवासी पत्रकार खतिवडाको बुधबार बिहान राजबिराज १५ स्थित राजबिराज हनुमाननगर सडक खण्डमा बस र माइक्रो एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मृत्यु भएको थियो ।
बिराटनगरबाट राजबिराज तर्फ आउँदै गरेको को १ ज २१४९ नं. को माईक्रो बस र बिपरीत दिशा बाट जाँदै गरेको ना ५ ख ६१० नं. को बस एक आपसमा ठोकिदा खतिवडासहित चार जना गम्भिर घाइते भएका थिए ।
यसैबीच स्व. खतिवडाको बिहीबार बिराटनगरस्थित सिंगिया नदीमा अन्त्येष्ठि गरिएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ