News Category 2075/04/12
काकाद्वारा आफ्नै सात वर्षिया भतिजी बलात्कृत
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरीको कंचनरुप नगरपालिकामा एक काकाले आफ्नै ७ वर्षिया भतिजीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई विगत एक महिनादेखी पटक पटक बलात्कार गरिरहेको खुलासा भएको छ । पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडित बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो ।
कंचनरुप नगरपालिका ८ की पीडित बालिकाको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ्य परिक्षण गराई शुक्रवार घर ल्याईएको छ ।
पीडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आप्mनै काका २५ वर्षिय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरिक्षक प्रतिक विष्टले जानकारी दिएका छन् ।
प्राप्त घटना विवरण अनुसार आमाबुवा दिनभर ब्यापार व्यवसायको शिलसिलामा कंचनरुप स्थित हाटबजारमा जाने गर्थे । यसरी दिनभर बजार रहदा ७ वर्षिया छोरी घरमा एक्लै रहने भएकाले सुरक्षा र संरक्षणका लागी बुवा साहले आफनै सहोदर भाई गजेन्द्रलाई रेखदेख गर्न जिम्मेवारी दिएका थिए । तर, भाईले विश्वासघात गरे । विगत एक महिना देखी काका गजेन्द्रले कहिले चकलेट विष्कुट त कहिले डर त्रास देखाएर कुकृत्य गर्ने गरेको बालिकाले बताएपछि आमाबुवाको होस हवास उड्यो ।
पछिल्लो पटक मंगलवार पनि काका गजेन्द्रले मुख थुनेर जबरजस्ती करणी गरेको बालिका साहले आप्mनी आमालाई सुनाएकी थिइन ।
घटना सार्वजनिक भए लगतै फरार भएका पिडक गजेन्द्रको खोजी कार्य तिब्र बनाइएको उनले प्रहरी निरिक्षक विष्टले बताए ।
यसअघि गत २५ माघमा पनि जिल्लाको खडग नगरपालिका ९ लालपट्टी घर भएकी ११ वर्षीया पावर्ती मंडललाई उनकै काकाका छोरा १९ वर्षिय राजदेव मंडलले बलात्कार पछि हत्या गरेका थिए । मंडल हाल राजविराज कारागारमा छन ।
जिल्ला प्रहरी कार्यांलयका अनुसार १ वर्षको अवधीमा जबरजस्ती करणीका २२ वटा मुद्दा दर्ता भएका छन् । जसमा २० आरोपी पक्राउ परेका ्छन भने ११ जना फरार छन । यस्तै बलात्कारका ८ घट्नामा आफन्तकै संल्नगता देखीएको छ भने बाकी छिमेकी र चिनजानको व्यक्ती तथा न्युन घट्नामा अपरिचीत व्यक्तीको संल्ग्नता देखिएको छ । बलात्कार हुनेमा ६ देखी १६ वर्ष उमेर समुहका बालिका बढी छन् ।
यता जिल्ला प्रहरी कार्यालयले बढदो बलात्कार घट्नालाईै मध्यनजर गर्दै सामुदायीक चेतना अ्िभयान पनि संचालन गरेको छ । प्रहरी उपरिक्षक मुकेश सिहले यस्ता घट्ना रोक्न सुरक्षा ब्यवस्था चुस्त र प्रहरी परिचालन ब्यापक बनाइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ