News Category 2075/04/14
वडा अध्यक्ष झाले बालिकालाई अपहरण हुनबाट जोगाए
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
सप्तरीमा विगतको तुलनामा अपहरणको घटनामा कमी आएपनि आइतबार सोही घटना पुनः दोहरिनबाट जोगिएको छ । घटना दोहरिनबाट जोगाउने मुख्य भूमिका यसपटक प्रहरी नभएर जननिर्वाचित प्रतिनिधि राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाको रहेको छ ।
राजविराज ५ स्थित बोर्डिङ स्कुलका विद्यार्थीलाई एक अपरिचित यूवकले अपहरण गर्न खोजेको भन्दै सोही वडाका अध्यक्ष समिर झाले उद्धार गरेका हुन् ।
स्थानिय शिब्स बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत राजविराज ५ निवासी राजकुमार साफीकी ४ वर्षिया छोरी लक्ष्मी साफीलाई राजविराज ९ का २० वर्षिय सम्साद आलमले साइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अध्यक्ष झाले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
आइतबार दिउँसो १२ बजे विद्यालय बिदा भएपछि स्कुल बसले घर जाने मूल सडक साविकको जिल्ला शिक्षा कार्यालय जाने कुनौली रोडमा लक्ष्मीसहित अन्य विद्यार्थीलाई ओरालेको थियो । बसबाट ओर्लेर ती सबै विद्यार्थीहरु घरतर्फ जाँदै गरेको अवस्थामा सम्सादले लक्ष्मीलाई आफ्नो साइकलमा राखेर हिडेको स्थानियहरुले बताएका छन् ।
सम्सादले लक्ष्मीलाई कुनौली रोड हुँदै पविमावि छेउमा रहेको वडा कार्यालय अगाडीको बाटो हुँदै जाँदै गरेको शंकास्पद अवस्थामा वडा अध्यक्षले नियन्त्रमा लिएको बताए । “कार्यालय भवनको झ्यालबाट एक व्यक्तिले साइकल डो¥याउँदै नाबालिकालाई शंकास्पद तरिकाले लिएर गइरहेको देखेपछि कार्यालयमा रहेकी एक महिलालाई साइकलयात्रीसँग छेउमा गएर बुझ्न भनेको र महिला साइकलयात्री नजिकै पुगेर हल्ला गरेपछि म नजिकै पुगेर ती व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिए ।” वडा अध्यक्ष झाले भने, “साइकलयात्रीलाई नियन्त्रणमा लिने वित्तिकै बालिका रोएपछि, छेउँछाउका अन्य व्यक्तिहरु समेत जम्मा भइ सोधपुछ गरेपश्चात् प्रहरीलाई खबर गरेको र पाँच मिनेट भित्रै एसपी मुकेश सिंहसहितको टोली घटनास्थलमा पुगे ।”
यता बालिकालाई उनको बुवाको जिम्मा लगाइसकेको बताउँदै एसपी सिंहले शंकास्पद रुपमा पक्राउ परेका ती व्यक्ति बारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ